Comments Add Comment

छुरा प्रहार गर्नेलाई पाँच वर्ष कैद

१ असोज, इलाम । जिल्ला अदालत इलामले एक युवकलाई छुरा प्रहार गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा खेपिरहेका पशुपतिनगरका दुईजनालाई ५/५ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले ज्यानसम्बन्धी महलको १५ नम्बरबमोजिम पशुपतिनगर-८ का २० वषर्ीय कुशल राई र २२ वर्षका वचन राईलाई मङ्गलबार कैद सजाय सुनाएको अदालतका नायब सुब्बा रबिन अधिकारीले जानकारी दिए ।

उनीहरूले पशुपतिनगरका चन्द्र यल्मुलाई गत जेठ ६ गते बेलुका छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

बहुविवाह गर्ने पक्राउ

यसैबीच बहुविवाह गरेको आरोपमा नयाँबजार-४ लप्सीबोटेका २७ वर्षका मनकुमार भण्डारी र शान्ताकुमारीलाई प्रहरीले पक्राउ गरेको छ ।

भण्डारी वैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा रहँदा चिनजान भई नेपाल आएलगत्तै प्यूठान बादींकोट-७ की २३ वर्षकी शान्ताकुमारी खत्रीसँग भदौ १९ गते दोस्रो विवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment