Comments Add Comment

बेवारिसे सन्तको मृत्यु

१ असोज, सर्लाही । सर्लाहीको जमुनिया गाउँमा मागेर गुजारा गर्दै आएका ७५ वर्षका सन्तको मृत्यु भएको छ ।

थर, वतन खुल्न नसकेका ती सन्तको मङ्गलबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए । केही वर्षदेखि जमुनियाँ-५ मदनपुर टोलमा मागेर गुजारा गर्दै आएका सन्तको मृत्यु भएको पोखरेलले बताए ।

शव परीक्षणका लागि सदरमुकाम मलङ्गवा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment