Comments Add Comment

मन्दिरको आम्दानी वार्षिक ७७ लाख

१ असोज, बागलुङ । बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरबाट आव २०७०/०७१ मा करिब ७७ लाख रुपैयाँ आम्दानी भएको छ ।

baglung-kalika-templeविभिन्न आयका क्षेत्रबाट सो आम्दानी भएको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । वाषिर्क पूजा ठेक्का, सटर भाडा, पार्किङस्थल ठेक्का, वनभोजस्थल भाडा, काठ दाउरा लिलाम बिक्री, विवाह व्रतबन्ध, घाँस बिक्री ठेक्का, धान बिक्री, धरौटी, अनुदान, आर्थिक सहायतालगायतबाट गरी उक्त आम्दानी भएको गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए । सबैभन्दा बढी वाषिर्क पूजा ठेक्काबाट ३६ लाख ८६ हजार रुपैयाँ आम्दानी भएको अध्यक्ष खड्काको भनाइ छ ।

सोे आर्थिक वर्षमा करिव ४८ लाख ९२ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । तलब, भत्ता, सरकारी पूजा खर्च, मर्मतसम्भार, कार्यालय खर्च, पुँजीगत सुधार, सार्वजनिक निर्माण, स्वास्थ्य शिविर, विद्युत्, सञ्चारलगायत शीर्षकमा उक्त खर्च भएको उनले बताए ।

गुठीको आन्तरिक कोषमा करिव एक करोड जम्मा भएको छ । पछिल्लो सयम मन्दिरको बृहत्तर विकासका लागि गुठीले पञ्चवषर्ीय विकास योजना लागू गरेपछि आर्थिक गतिविधि पनि बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment