Comments Add Comment

च्याम्पियन्स लिगमा रियल मड्रिडको विजयी सुरुवात

Ronaldo

१ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा डिफेण्डिङ च्याम्पियन रियल मड्रिडले विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो पहिलो खेलमा रियलले एफसी बाजललाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।

खेलमा रियल मडि्रडले १४ औं मिनेटमा उपहार गोलबाट अग्रता लिएको थियो । ३० औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसको एक मिनेटपछि नै क्रिष्टियानो रोनाल्डोले गोल गरे भने ३६ औं मिनेटमा जेम्स रोडि्रग्वेजले गोल गरेपछि रियल मड्रिड ४-० को अग्रता कायम गर्न सफल भयो ।

खेलको ३८ औं मिनेटमा बाजलका जोन्जालोजले गोल गर्दै पहिलो हाफमा ४-१ भयो । तर, खेलको ७९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मडि्रडलाई ५-१ को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment