Comments Add Comment

जेरार्डको पेनाल्टी गोलमा लिभरपुल विजयी

Mario-first-goal-for-Liverp

१ असोज, काठमाडौं । अन्तिम समयमा स्टफेन जेरार्डले गरेको पेनाल्टी गोलको मदतमा लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ । तर, आर्सनलले भने पहिलो खेलमा पराजित भएको छ ।

मंगलबार राति भएको पहिलो खेलमा ल्यूडो राजग्राडलाई २-१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा गोल भने खेलको अन्त्यतिर भएको थियो ।

८२ औं मिनेटमा मारियो बालोटेलीले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । लिभरपुलका लागि उनको यो पहिलो गोल हो । तर, ९० औं मिनेटमा ल्यूडो राजग्राडले ड्यानी अबालोले बराबरी गोल फर्काए ।

Steven-Gerrard

तर, खेल सकिन दुई मिनेट मात्र बाँकी छँदा लिभरपुलले पेनाल्टी पायो, जसमा कप्तान जेरार्डले गोल गर्दै लिभरपुललाई जित लिलाए ।

अर्को खेलमा आर्सनलले भने बुरोसिया डर्टमुण्डसँग २-० ले पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment