Comments Add Comment

दोस्रो हारपछि नेपाल एसियाडको फुटबलबाट बाहिरियो

Asian-football

१ असोज, काठमाडौं । लगातार दोस्रो हारपछि नेपाल इन्चोनमा जारी एसियाली खेलकुदको फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

बुधबार भएको आफ्नो खेलमा नेपाल कुवेतसँग ५-० गोल अन्तरले पराजित भएको हो । पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी इराकलाई नजिता सुम्पिएको थियो । अब अन्तिम खेलमा जापानसँग खेल्नेछ ।

गयोङमा भएको खेलमा कुवेतले १९ औं मिनेटमा सुरुवाति अग्रता लिएको थियो । ३३ औं मिनेटमा नेपालले बराबरी गोल गर्ने मौका गुमायो । जगजित श्रेष्ठको फि्र किकमा विक्रम लामाले हेड गरेका थिए । तर, असिमजंग कार्कीले त्यो बललाई टच गर्न सकेनन् ।

५८ औं मिनेटमा जगजित श्रेष्ठले नेपाललाई गोल खानबाट बचाए । तर, ६६ औं मिनेटमा एल सानएल सामीले गोल गरे भने ७३ औं मिनेटमा उनले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ८३ औं मिनेटमा फैसजले कुवेतका लागि गोल गरे । ८८ औं मिनेटमा सामीले गोल गर्दै हृयाट्रिक पुरा मात्र गरेनन्, कुवेतलाई ५-० को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment