Comments Add Comment

सीके राउतलाई ‘राज्य विप्लव’को मुद्दा लगाउने तयारी

१ असोज, बिराटनगर । मधेसलाई नेपालबाट टुक्राउनुपर्ने अभियानका अगुवा डा. सीके राउतलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने तयारी प्रहरीले थालेको छ । राज्य विप्लवको उद्योग गरेको प्रमाणित भए राउतलाई जन्म कैद वा १० वर्षसम्म कैद सजायँ हुन्छ ।

सीके राउत । तस्वीरः राउतको फेसबुक पेजबाट
सीके राउत । तस्वीरः राउतको फेसबुक पेजबाट

गत शनिबार मोरङको रंगेलीबाट पक्राउ गरी हाल सार्वजनिक अपराधको मुद्दा चलाइएका राउतलाई शुक्रबार काठमाडौं ल्याएर सर्वोच्च अदालतमा उपस्थित गराइँदैछ ।

सर्वोच्चमा परेको वन्दी प्रत्यक्षीकरणको रिट अनुसार अदालतले उनलाई हाजिर गराउन भनेको हो । सर्वोच्च अदालतले छाड्न आदेश दिने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले अर्को मुद्दाको तयारी थालेको हो । ‘तत्कालका लागि राउतलाई सार्वजनिक अपराधको मुद्दा चलाइएको हो, तर उनीमाथि राज्यद्रोह वा राज्य विप्लव गर्न खोजेको अभियोगमा मुद्दा चलाउनेबारे अध्ययन भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका एक प्रहरी अधिकारीले अनलाइनखबरसँग भने-‘राउतले नेपालबाट मधेसलाई टुक्राएर नक्शा बनाएका छन्, राष्ट्रिय गान र राष्ट्रिय झण्डा पनि अलग्गै बनाएका छन्, यस्तो कार्यलाई राज्यद्रोह होइन कसरी भन्न सकिन्छ ?’

प्रहरीको दाबी अनुसार नेपाललाई टुक्राउने र यसका लागि मधेसबाट सेना हटाउन सशस्त्र संघर्ष गर्ने राउतले लिखित अभिव्यक्ति दिएका कारण राज्य विप्लवको प्रमाण जुटाउन अप्ठ्यारो छैन ।

आरोप प्रमाणित भए जन्म कैद

राज्य विरुद्धको अपराध र सजायँ ऐन २०४६ मा उल्लेखित राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए राउतलाई जन्मकैद वा १० वर्षसम्म कैद सजायँ हुन्छ ।

सीके राउतले बनाएको नक्सा ।
सीके राउतले मधेसलार्इ मधेसबाट अलग गराउने भन्दै बनाएको नक्सा ।

उनले राज्यद्रोह वा त्यसका लागि प्रोत्साहन गरेको प्रमाणित भए कम्तिमा दुईवर्षसम्म कैद सजायँ हुन्छ । राज्यविरुद्धको अपराध ऐनअनुसार कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा उसलाई जन्म कैद हुने व्यवस्था छ ।

मोरङ प्रशासलाई अप्ठ्यारो

यद्यपि राउतलाई कसरी र कोबाट मुद्दा उठान गर्ने भन्नेमा मोरङ प्रहरी अन्योलमा परेको छ । यसबारे जिल्ला प्रशासन स्रोतले भन्यो-‘ काठमाडौंबाटै विशेष अदालतमार्फत् यस्तो मुद्दा उठान गर्ने र मोरङ जिल्ला अदालतबाट चलाउने भन्नेमा छलफल भइरहेको छ ।’

प्रशासन स्रोतले भन्यो, नेपाल टुक्र्याउने भन्दै हिाडेका व्यक्तिलाई के कारवाही गर्ने भन्ने सरोकार मोरङ जिल्ला प्रशसन र प्रहरीको मात्रै होइन, राज्यले नै यसमा गम्भीर चासो दिनुपर्‍यो ।’

rajya-biplop-law

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment