Comments Add Comment

विप्लव समूहद्वारा वैद्यको प्रशिक्षण बहिस्कार

mohan-baidya-ra-biplop

१ असोज, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले कुपण्डोलमा बुधबार आयोजना गरेको राज्यस्तरीय प्रशिक्षण कार्यक्रम विप्लव समूहले बहिस्कार गरेको छ ।

माओवादीको स्कुलिङ विभागले आयोजना गरेको प्रशिक्षण नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा बुधबार दिउँसो १ बजे पार्टी अध्यक्ष मोहन बैद्य किरणले उद्घाटन गरे

 तर, केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई निलम्बन गरेको विरोधमा विप्लव समूहले पार्टीको प्रशिक्षण नै बहिस्कार गरेका छन् । सचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरू अनुपस्थित रहे ।

‘उहाँ ताम्सालिङको स्कुलिङ विभाग इन्चार्ज हुनुहन्छ, उहाँमाथिको कारबाही विवाद टुंगो लागि नसकेकाले नजाने निर्णय गरेका छौं’-नेता ईश्वरी दाहालले अनलाइनखबरसँग भने ।

यद्यपि सम्बोधनका क्रममा बैद्यले बहिस्बारबारे केही उल्लेख गरेनन् । कार्यक्रममा चन्द पक्षका केन्द्रीय सल्लाहकार हस्तबहादुर केसी र अर्की केन्द्रीय सदस्य सरला रेग्मीको मात्रै उपस्थिति थियो ।

पार्टी नेतृत्वलाई भ्रष्ट र अनैतिक भनेको भन्दै महासचिव रामबहादुर थापा वादवले शर्मालाई अनिश्चतकालका लागि जिम्मेवारीबाट निलम्वन गरेका छन् । तर, विप्लवले यो निर्णयको विरोध गरेका छन् ।

बादलले एमाओवादी नेताहरुसँग मिलेर चितवनमा रहेको पार्टी कार्यालय बेच्न खोजेको शर्माको आरोप छ । केही भ्रष्ट, अनैतिक नेताहरुले चितवनमा रहेको सहिद स्मारक बनेको आदर्शस्थल बच्ने र निजी स्वार्गपूर्ति गर्ने अनौतिक र भ्रष्ट हर्कत गरेको भन्दै शर्माले भदौ १९ मा विज्ञप्ति निकालेका थिए ।

तर, वादलले पार्टीमा सल्लाह नै नगरी भदौ २२ गते शर्मालाई अनिश्चितकालका लागि निलम्बन गरेपछि बैद्य माओवादीमा विवाद बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment