Comments Add Comment

लोकमानलाई श्राद्धको चटारो, पत्रकारलाई निकाल्ने हतारो

sherdhan-rai
१ असोज, काठमाडौं । सञ्चारकर्मीहरुलाई सधैं खुला हुने संसदको सुशासन तथा अनुगमन समितिको बैठक बुधवार भने पत्रकारलाई बाहिर निकालेर मात्रै शुरु भयो ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई समितिले बोलाएकाले पत्रकारहरु बिहानै समितिको बैठक कक्षभन्दा बाहिर पुगिसकेका थिए ।

तर, समितिका सचिव तथा कर्मचारीहरुले ‘आज पत्रकारलाई प्रवेश छैन’ भन्दै भित्र पसिसकेकालाई पनि मर्यादापालक लगाएर घचेट्दै बाहिर निकालेका थिए ।

लोकमानको आग्रह अनुसार पत्रकारलाई निकालिएको अनुमान गरिएको छ । तर, लोकमान करीव एक घण्टा बसेर बाहिरिए पछि पनि पत्रकारलाई मर्यादापालकले बैठकभित्र जान दिएनन् ।

बैठकपछि बाहिर निस्किएका समितिका सभापति शेरधन राईले पत्रकारहरुलाई प्रवेशमा रोक नलगाइएको दाबी गर्दै ‘मिस कम्युनिकेशन भएको’मा माफी मागेका थिए ।
राईले भने-‘पत्रकारलाई प्रवेश दिने भनेर हिजै सचिवालयलाई मैले भनिसकेको थिएँँ, संसदीय मामिला पत्रकार समाजका पदाधिकारीहरुसँग पनि कुरा भइसकेको थियो ।’
राईले अबदेखि यस्तो नहुने भन्दै समितिका सबै गतिबिधिहरुमा पत्रकारलाई सहज प्रवेश दिने प्रतिवद्धता जनाए ।

लोकमानको घरमा श्राद्ध

स्रोतका अनुसार लोकमान घरमा श्राद्ध छ भन्दै आफ्नो लिखित मन्तव्य दिएर केही सभासदको प्रश्नको जवाफ दिन नदिई निस्किएका थिए ।

धर्मकर्ममा बढी आस्था राख्ने लोकमानको घरमा बुधबार सोह्रश्राद्धको तिथि परेकाले स्वर्गबासी पितृका नाममा तर्पण पिण्ड दिन उनी हतार हतार निस्किएको स्रोतले जनाएको छ ।

समितिकी सदस्य एवं एमााले सभासद सुशीला नेपालले भनिन्-घरमा श्राद्ध छ भन्दै उहाँ आयुक्त केशव बराल र कर्मचारीहरुलाई जिम्मा लगाएर निस्कनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment