Comments Add Comment

भ्रष्टाचारीबाट अख्तियारले एक अर्ब असुल्दैछ : लोकमान

lokman-sing-karki

१ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेझैं विशेष अदालतबाट फैसला भयो भने एक वर्षको बीचमा अख्तियारले भ्रष्टाचारीहरुबाट १ अर्ब भन्दा बढी बिगो जरिवाना असुल गर्नेछ ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीले आफू अख्तियारमा आइसकेपछि भ्रष्टाचारीहरुबाट ३५ करोड ७१ लाख बराबरको रकम असूल उपर गराएको जानकारी दिएका छन् ।  संसदको सुशासन तथा अनुगमन समितिलाई कार्कीले दिएको ५ पृष्ठ लामो प्रतिवेदनमा अख्तियारले बिभिन्न मुद्दाहरुबाट करीव ७० करोड बराबरको बिगो दाबी गरिएको उल्लेख छ ।

कार्कीले भने-‘यस अवधिमा आयोगबाट दायर भएका बिभिन्न मुद्दाहरुमा ६९ करोड ४७ लाख बराबर बिगो माग दाबी लिइएको छ । २८ करोड ४ लाख राज्य कोषमा दाखिला गराइएको छ, ७ करोड ८४ लाख असूल उपरका लागि लेखि पठाइएको छ ।’

उपत्यकामा ४७ रोपनी जग्गा सरकारलाई फिर्ता

अख्तियारले १५ महिनाको बीचमा काठमाडौं उपत्यकाभित्र ४७ रोपनी र उपत्यका बाहिर १४ बिघा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न लेखी पठाएको उनले जानकारी दिए ।

कुन मन्त्रालयलमा बढी भ्रष्टाचार

अख्तियारले सबैभन्दा बढी भ्रष्टाचार हुने मन्त्रालयको सूची पनि सार्वजनिक गरेको छ । शिक्षा, स्थानीय विकास, गृह, भूमिसुधार र स्व्ाास्थ्य मन्त्रालयमा बढी भ्रष्टाचार हुने गरेको पाइएको छ ।

‘यस अवधिमा आयोगमा पर्न आएका उजुरीहरुलाई हेर्दा यी मन्त्रालयबाट बढी उजुरी पर्न आएको देखिन्छ । यसबाहेक उर्जा क्षेत्रसँग सम्बन्धित केही ठूला प्रकृतिका अनियमितताहरुमा पनि आयोगले अनुसन्धान र अभियोजन गरेको छ’ प्रमुख आयुक्त कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment