Comments Add Comment

 धनगढीमा नेपालकै नमुना ‘एयर क्राफ्ट’ सङ्ग्रहालय

Air-craft-musim

भरतबन्धु थापा

१ असोज काठमाडौं । कैलालीको बेलादेवीपुर-९ बाँसखेडामा जन्मेको क्यापेटन बेद उप्रेती सानैदेखि केही गरौ भन्ने सोचिरहन्थे । नौलो अनि समाजका लागि केही गरौं भन्ने उनको सोच थियो ।

उप्रेतीले सानैमा देखेको सपना अहिले साकार पारेका छन् । उनले धनगढीकोे हसनापुरमा सात कठ्ठा जमिनमा भाडामा लिएर निजी एक करोड ५० लाख रुपैयाँ लगानीमा एयर क्राफ्ट म्यूजियम खोलेका छन् । जुन नेपालको मात्रै नभएर विश्वकै नमुना भित्र पर्ने उनको दाबी छ ।

सग्रहालयको उद्घाटन पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार गर्दैछन् ।

सुरुमा योजना बनाउदा एक करोड २५ लाख रुपैयाँको अनुमानित बजेट छुटाएको तर काम गर्दै जाँदा एक करोड ५० लाख रुपैयाँ लागेको उनले बताए । संग्रहालय निर्माण गर्न ६ महिना लागेको उनले बताए ।

Air-craft-musim-1

म्यूजियममा कस्मिक एयरको पुरानो जहाज फोकर-१०० जेट बिमानभित्र राईट ब्रदर्सले बनाएको हवाईजहाजको नमुनादेखि पछिल्लो समयमा अत्याधुनिक तवरले निमार्ण गरिएको हवाईजहाजको नमुनासमेत राखिएको छ । कस्मिकको उक्त पुरानो जहाज ७० लाख रुपैयाँमा किनेका थिए ।

त्यसैगरी विश्वका पर्यटक स्थलका नेपालका ३० र विदेशका ३० गरी ६० वटा तस्वीरहरु रहेका छन् । सङग्रहालय प्रवेसका लागि साधारण शुल्क १०० रुपैयाँ र विद्यार्थीहरुका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ । सङग्रहालयमा टिकटबाट आएको पैसाको केही रकम सुदुरपश्चिमका क्यासनर पिडित र जेहेन्दार विद्यार्थीको लागी खर्च गरिने उप्रेतीले जानकारी दिए ।

सुदुर पश्चिम घुम्न आउनेहरुलाई यो संग्रहालयले सुदुरपश्चिम पुगेको झल्को दिने उनले बताए । ‘यहाँ सुदुरपश्चिका कला संस्कृति झल्कने सबै चिजहरु राख्ने योजना छ’ उनले भने -विमानभित्र बृत्तचित्र प्रर्दशनी गरिन्छ । सो बृत्तचित्रमा सग्रहालय तथा सुदर पश्चिम सम्बन्धी जानकारी रहेका छन् ।

उप्रेती हाल इन्डोनेसियाको लायन एयरमा प्रशिक्षक क्याप्टेनका रुपमा कार्यरत छन । वि. स. २०४० सालमा पाइलट बन्नु भएका उनले अमेरिका र फ्रान्सबाट पाइलट तालिम लिएका थिए । उनले नेपालको निकोन एयर आठ बर्ष, आर्मीको १२ बर्ष र भारतको किङ्ग फिसर एयरलाईनको हवाईजहाज आठ बर्षसम्म उडाएका थिए ।

तस्वीर : अविनास चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment