Comments Add Comment

नेप्से परिसूचक साढे ६ अंकले घट्यो

१ असोज काठमाडौं । बुधबार नेप्से सूचक साढे ६ अंकले घटेर ९१३ अंकमा झरेको छ । वाणिज्य बैंक, फाइनान्स, जलविदुत, बीमा र अन्य समूहको सूचक घटेसँग नेप्सेमा गिरावट आएको हो ।

बुधबारको कारोबारमा वाणिज्य बैंक समूहको सूचक ८ अंकले, जलविद्युतको २३ अंकले, बीमाको ३० अंकले, फाइनान्सको पौने ७ अंकले र अन्य समूहको सूचक अढाई अंकले घटेको नेप्सेले जनाएको छ ।

यो दिन होटल समूहको सूचक ४८ अंकले, विकास बैंकको ०.२२ अंकले र उत्पादनमूलक समूहको सूचक अढाई अंकले बढेका छन् ।  बुधबार १ सय ३२ कम्पनीका १२ लाख ६६ हजार कित्ता सेयर ४८ करोड ३५ लाख रुपैयाँमा किनबेच भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment