Comments Add Comment

त्रिवेणी विकास बैंक सम्मानित

१ असोज, काठमाडौं । त्रिवेणी विकास बैंक यस वर्षको बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इयर २०१४ बाट सम्मानित भएको छ ।

न्यू बिजनेश एज प्रालिले हालै गरेको न्यूजविकTribeni-bikash-bank बिजनेश कन्क्लेभ तथा अवार्ड २०१४ मा त्रिवेणी विकास बैंक सम्मानित भएको हो । देशभरका ८३ वटा डेभलपमेन्ट बैंकमध्येबाट उत्कृष्ट ठहर गर्दै त्रिवेणी विकास बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

अवार्ड बैंकका कार्यकारी प्रमुख सागर कुमार घिमिरेले ग्रहण गरेका थिए । यस्तै आगामी दिनमा पनि ग्राहकहरुको  हितमा काम गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । हाल मर्जरको प्रकियामा रहेको यस बैंकले मर्जर प्रकिया टुंगिए पछि राष्ट्रिय स्तरको विकास बैंकको मान्यता पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment