Comments Add Comment

आधा क्विन्टलको अण्डकोष फ्याँकेपछि………………

dan1

५४ किलो तौलका अण्डकोष भएका एक पुरुषले अन्ततः नयाँ जिवन पाएका छन् । डाक्टरहरुले १४ घण्टाको अनवरत शल्यक्रिया पश्चात् ३९ वर्षका डन मउररको भिमकाय अण्डकोष फ्याँकिदिएका छन् ।
अमेरिकाको मिचिगनस्थित ब्याटल क्रिकका बासिन्दा मउरर स्कोरटल लिम्फेडेमा रोगबाट पीडित थिए जसमा उनको अण्डकोष अस्वभाविक रुपमा बढेको थियो ।
मउररको शल्यक्रिया सफल भएको उनकी आमा कोनीले न्युयोर्क डेलीलाई बताएकी छिन् ।

dan2 अपरेसनपछि आमा र श्रीमतीका साथ अस्पतालमा

भिमकाय अण्डकोषका कारण मउररको श्रीमती मिण्डीसँगको वैवाहिक जिवनमा समेत खलल पुगेको थियो । जसका कारण २० वर्षदेखि यो दम्पती सम्भोगबाट बञ्चित थियो । ७ वर्षदेखि त यी दुइको सम्बन्ध झनै चिसिएको थियो । तर जिवन बदल्ने यो शल्यक्रियापछि मिण्डी र मउररले सहवास गर्न सक्ने भएका छन् ।

अगष्ट २८ मा युनिभर्सिटी अफ क्यालिफोर्नियामा मउररको शल्यक्रिया भएको थियो । श्रीमानको शल्यक्रिया भएसँगै मिण्डी साथमै बस्दै आएकी बताइएको छ । अण्डकोषको शल्यक्रियाकै बेला मउररको पेटमा रहेको बोसो समेत हटाइयो र अब उनको तौल पहिले भन्दा ६८किलो घटेको छ ।

dan3

शल्यक्रिया अघि श्रीमतीसँग तस्वीर खिचाउँदै

शल्यक्रिया सफल भएसँगै मउररले खुसी व्यक्त गर्दै डाक्टरहरुलाई धन्यवाद दिए । अहिले उनको अस्पतालमै फिजियो थेरापी चलिरहेको छ र अर्को महिना उनी घर फर्किन सक्नेछन् ।

आधा क्विन्टलको अण्डकोष भएका मउररको आर्थिक अभावमा उपचार हुन नसकेको समाचार सार्वजनिक भएपछि उनको उपचारका लागि सहयोग रकम जुटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment