Comments Add Comment

‘हिम्मतवाली’ पछि रेखाको ‘रामप्यारी’

rekha-thapa
‘हिम्मतवाली’ चलचित्र प्रदर्शन भएलगतै नायिका रेखा थापा ‘रामप्यारी’ सिनेमामा व्यस्त हुनेछिन् । हाल धमाधम कथा लेख्ने काम भएको भन्दै उनले फाल्गुनबाट छायांकनमा जाने बताइन् ।

ट्याम्पु चालक महिलाहरुको कथामा निर्माण हुन लागेको यो सिनेमालाई रेखाले नै निर्देशन गर्नेछिन् । चलचित्रमा रेखा दोहोरो भूमिकामा देखिनेछिन् । अनलाइनखबरसँग कुरा गर्दै रेखाले भनिन्-‘ट्याम्पु चलाउने महिलालाई समाजले नाक खुम्च्याएर हेर्छ । विदेशमा गएर यही काम गर्दा हुने, नेपालमा गर्दा किन हेपिने ?’

‘यो देशमा भ्रष्टाचारी, डाकालाई खुलेयाम सम्मान हुन्छ तर एउटा काम गर्ने केटीलाई किन हेपिन्छ’, रेखाले प्रश्न गर्दै भनिन्-‘हाकिम होस् या ट्याम्पु ड्राइभर सबैले तलव नै वुझ्ने हुन् । चलचित्रमा ‘रामप्यारी’ पात्र निक्कै दबंग क्यारेक्टरमा देखिनेछिन् ।

बसन्त सापकोटाको संगीत रहने पक्का भएको यो चलचित्रमा रेखा गाडी चढ्ने र ट्याम्पु चलाउने यूवतीको भूमिकामा देखिनेछिन् । उनले सिनेमाको छायांकन अगाडि आफूले ट्याम्पु यात्रा समेत गर्ने बताइन् ।

यसैविच उनले अमेरिकाको न्यूयोर्क भन्दा करिब २ घन्टा टाढा तेल व्यवसाय सुरु गर्न लागेको जनाएकी छिन् । ‘हिम्मतवाली’का मुख्य कलाकार सुदर्शन गौतम र अमेरिकामा नै बस्दै आएका एक एनआरएनको सहयोगमा रेखाले यो व्यवसाय सुरु गर्न लागेकी हुन् । यसका लागि रेखाकी आमा सरस्वती थापा अमेरिकामा नै छिन् । रेखाले आमाले व्यवसाय सम्हालेर उतै बस्ने जानकारी गराइन् । रेखासँग नेपाली नागरिकता भएकाले व्यवसाय गर्न सक्दिनन् । यसैले सुदर्शनले उनलाई साथ दिएका हुन् । यसका लागि रेखा तिहारमा अमेरिका जानेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment