Comments Add Comment

उसु टोली इन्चोन प्रस्थान

१ असोज, काठमाडौं । दक्षिण कोरियाको इन्चोनमा हुने १७ औं एसियाली खेलकुदअन्तर्गत उसुमा सहभागी हुने नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।

सेप्टेम्बर २० देखि २४ तारिखसम्म सञ्चालन हुने उसुमा ८ पुरुष र ५ महिला गरी १३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । इन्चोन एसियाडमा नेपालले सहभागिता जनाउने २५ खेल मध्ये व्यक्तिगत स्पर्धामा उसु खेलाडीको संख्या सबैभन्दो बढी हो । त्यसपछि तेक्वान्दोमा १२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

सान्सौंको पुरुषतर्फ ७५ केजीमा धनवीर महर्जन, ६५ केजीमा सोमवीर तामाङ, ६० केजीमा मंगलप्रसाद थारु र ५६ केजीमा अमर महर्जन तथा महिलाको ५२ केजीमा झरना गुरुङ र ६० केजीमा चाहना बम्जन लामा रहेका छन् ।

थाउलोको पुरुष ताइची अल राउन्डमा आङ बाबु लामा, छाङ छ्वानमा निराजन आले मगर, नान छ्वान अल राउन्ड सनी श्रेष्ठ र ताउसु/कुन सुमा रिन्जी शेर्पा तथा महिलाको छान छ्वानमा सुस्मिता तामाङ, चेन सु/छेन सुमा ओसिन राई र ताइची अल राउन्डमा सविता राईले खेल्दैछन् ।

प्रशिक्षकतर्फ सान्सौंमा रामगोपाल महर्जन र थाउलोमा पञ्चमान महर्जन तथा व्यवस्थापकमा नेपाल उसु संघका उपाध्यक्ष चन्द्र तामाङ छन् ।

त्यस्तै सेप्टेम्बर १९ तारिखमा हुने एसियाली उसु संघको कोंग्रेसमा सहभागी हुन नेपाल उसु संघका अध्यक्ष दीपक सरकार तथा उपाध्यक्षद्वय राजीव महर्जन र विकु लामा पनि इन्चोन गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment