Comments Add Comment

चितवन मेडिकल कलेजमा नेपालकै दोस्रो एमआरआई मेशिन

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)मा अत्याधुनिक एमआरआई मेशिन जडान गरिएको छ ।  नेपालमा दोस्रो र उपत्यका बाहिर पहिलोपटक सिएमसीले अमेरिकन कम्पनीको १.५ टेस्ला एमआरआई जडान गरेर सेवा सुरु गरेको हो ।

अस्पतालको सातौं वाषिर्कोत्सवको अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी मान बहादुर विकले नयाँ मेशिनको बुधबार उद्घाटन गरे ।

१ दशमलब ५ टेस्ला एमआरआई प्रविधि प्रयोग गर्ने सिएमसी देशको दोस्रो अस्पताल हो । एमआरआईको क्षेत्रमा यो प्रविधि बिश्वकै अग्रणी हो ।
बिशेष गरी नसाको रोग, टाउकोको रोग, हाडजोर्नी सम्बन्धि समस्याको साथै क्यान्सरसम्बन्धि रोग पत्ता लगाउन यस्तो एमआरआई मेशिन प्रभावकारी हुने बरिष्ठ प्राध्यापक डा.रामकुमार घिमिरेले बताए ।

सिटी स्क्यानमा जस्तो विकिरण समेत नआउने हुँदा बच्चा, बृद्ध र गर्भवती महिलामा समेत यो मेसिनको प्रयोग गर्न सकिन्छ । वाषिर्कोत्सवको अवसरमा एमआरआई मेसिन प्रयोगमा ५० प्रतिशत छुट दिइने अस्पतालले जनाएको छ । त्यस्तै वाषिर्कोत्सवकै अवसरमा ओपीडी सेवाको टिकट अस्पतालले निशुल्क प्रदान गरेको छ ।

त्यस्तै सिएमसीले ‘प्राइभेट पे क्लिनिक’ को सेवा पनि बुधबारबाट सुरु गरेको छ । दिउसो लाइन बसेर उपचार गर्न नसक्ने तथा बिशिष्ट चिकित्सकहरुसँग सिधा सम्पर्क गर्न चाहनेहरुलाई यस्तो सेवा सुविधा सुरु गरिएको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment