Comments Add Comment

चार मन्त्रालयमा कांग्रेस-एमाले बाँडफाँड

२ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद विस्तार र हेरफेरका लागि सत्ता साझेदार एमाले र आफ्नै पार्टी नेपाली कांग्रेसभित्र छलफल गरेका छन् ।

congress-party-office-and-uस्रोतका अनुसार प्रधानमन्त्रीले आफूसँग रहेका तीन र कानुनमन्त्री नरहरी आचार्यले सम्हालेको एक मन्त्रालयमा नया मन्त्रि नियुक्ति गर्ने तयारी थालेका छन् ।

उनले आफू अमेरिका जानुअघि नै मन्त्रिपरिषद विस्तार र हेरफेर गर्ने सम्भावना रहेको एमालेका एक नेताले बताए । साना दलका लागि राखिएका चार मन्त्रालयमध्ये दुर्इ कांग्रेसले र दुई एमालेले लिने अनौपचारिक सहमति भएको स्रोतले जनाएको छ ।

एमालेमा काे जाँदै, काे अाउँदै ?

स्राेतका अनुसार एमालेबाट उर्जामन्त्री राधा ज्ञवालीकाे ठाउँमा शान्ता मानवी, स्वास्थ्यमन्त्री खगराज अधिकारीकाे ठाउँमा साेमनाथ प्यासी र कृषिमन्त्री हरी पराजुलीकाे ठाउँमा बलराम बास्काेटालार्इ रिप्लेस गर्ने तयारी छ ।

कांग्रेसमा काेकाे ?

कांग्रेसले रक्षा र गरिवी निवारण मन्त्रालय पाउने र एमालेले शान्ति र वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय पाउने सम्भावना छ । दुबै पार्टीबाट मन्त्री बन्ने व्यक्तिको नाम भने टुंगो लागेको छैन । एमालेमा पछिल्लोपटक मन्त्रीको हेरफेरपछि नेताहरुबीच कटुता बढेको छ ।

कांग्रेसले अहिलेको मन्त्रिपरिषदमा रहेका सञ्चारमन्त्री मिनेन्द्र रिजाल, शहरी विकास मन्त्री नारायण खड्का र शिक्षामन्त्री चित्रलेखा यादवलाई हटाउन लागेको उच्च स्रोतले जनाएको छ ।

minendra-narayan-chitra

मन्त्री रिजाल र यादवमाथि आर्थिक चलखेलको आरोप कांग्रेसभित्रैबाट लागेको छ । रिजालसँग प्रधानमन्त्री नै असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।
कांग्रेसबाट थपिने मन्त्रीमा सशांक कोइराला, आनन्द ढुंगाना, दिलेन्द्र बडु र बालकृष्ण खाँडको नाम चर्चामा छ अर्जुन नरसिंहको नाम चर्चामा रहे पनि सम्भावना नरहेको कांग्रेसका एक नेताले बताए ।

नयाँ मन्त्रीमा कांग्रेसबाट अर्जुननरसिंह केसीको नाम चर्चामा रहे पनि कोइराला र देउवा दुबै पक्षबाट उनको नाम प्रस्ताव नभएको स्रोतले जनायो ।
स्रोतका अनुसार प्रधानमन्त्री कोइराला आफ्नो कोटाबाट सशांक र बडुलाई मन्त्री बनाउन चाहन्छन् । तर, उनीमाथि ढुंगानालाई मन्त्री बनाउन पनि चर्को दबाब रहेको कांग्रेस नेताले बताए ।

त्यस्तै कोइरालाले फर्मुला मन्सुर र सीतादेवी यादवलार्इ पनि मन्त्री बनाउने सम्भावना रहेको छ ।

देउवाले आफ्नो कोटाबाट मन्त्री हुनेको नाम तय गर्न बिमलेन्द्र निधी र पूर्णबहादुर खड्कासँग छलफल गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment