Comments Add Comment

नेताले नै चलाउने थाले बाटो खन्ने डोजर

Dozer

२ असोज, सुर्खेत । गणेशबहादुर खड्का स्थानीय विकास राज्यमन्त्री हुँदा विशेष बजेट शीर्षकअन्तर्गत दैलेखको ग्रामीण सडकका लागि ७६ लाख रुपैंयाँ आयो । जिल्ला विकास समितिसँग आर्थिक वर्ष २०६६/६७ को अन्ततिर आएको बजेट सक्नुको विकल्प थिएन । ठाउँ ठाउँमा डोजर लगाएर नयाँ सडक खनियो । त्यसरी खनिएका एउटै सडक अहिले सञ्चालनमा आएका छैनन् । बरु ती सडकले बस्तीले पहिरोको जोखिम बढाएका छन् ।

तिनैमध्ये एउटा हो-सेरी-पातिकाल्ला सडक । जिविस स्रोतकाअनुसार ६ किलोमिटर लामो सडक ट्रयाक खोल्न ३५ लाख रुपैंयाँ खर्च भएको थियो, नागरिक दैनिकमा खबर छ । ‘डोजरले सडक त खन्यो, तर अहिले त्याहाँ गाडी गुड्नु टाढाको कुरा, मान्छेसमेत हिड्न डराउँछन्,’ स्थानीय चक्रबहादुर खत्रीले भने । जथाभावी खनिएकोले बर्खामा सडका अधिकांश ठाउँमा पहिरो गएको उनले बताए ।

मध्यपहाडी लोकमार्गको जम्मुकाँध खण्डमा पनि विकासका नाममा ‘नौटङ्की’ भएको छ । तत्कालिन सभासद राजबहादुर शाहीको दबाबमा चौतारो भन्ने ठाउँमा पुग्नुपर्ने सडक गाविसका विभिन्न वडा घुमाएर लाम्बेतान पारियो । यसले सडकको लम्बाई मात्र बढाएको छैन, सडक खन्ने नाउँमा गाउँभरि डोजर धसाइँदा स्थानीयका खेतबारी पहिरोले सखाप पार्यो ।

राजनीतिक दबाबमा सडक खन्ने नाममा जथाभावी डोजर एक्साभेटरजस्ता भारी उपकरण प्रयोग गरिदा त्यसले विकासभन्दा विनास बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment