Comments Add Comment

पीकेको गोलमा बार्सिलोनाको विजयी सुरुवात

Pique

२ असोज, काठमाडौं । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

बुधबार राति भएको समूह चरणको पहिलो खेलमा बार्सिलोनाले साइप्रस च्याम्पियन एपोइल निकोसियालाई १–० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि निर्णायक गोल जेरार्ड पीकेले २८ औं मिनेटमा गरे । लिओनल मेस्सीको फ्रि किकमा पीकेले हेड गोल गरेका हुन् ।

बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले १९ वर्षका सार्गी र मुनिरलाई च्याम्पियन्स लिगमा डेब्यू गराएका थिए । लुइसको पनि बार्सिलोनाको प्रशिक्षकका रुपमा यो पहिलो खेल हो भने गोलरक्षक पनि डेब्यू खेलमा थिए ।

बल पोजिसनमा बार्सिलोनाले नियन्त्रण रहे पनि थप गोल भने गर्न सकेन । खेलको अन्त्यतिर एपोइल निकोसियाले पाएको राम्रो मौकालाई बार्सिलोनाका गोलरक्षकले असफल पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment