Comments Add Comment

बार्यन म्युनिखद्वारा सिटी पराजित

boting goal

२ असोज, काठमाडौं । बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

बुधबार राति भएको समूह चरणको पहिलो खेलमा बार्यनले म्यानचेष्टर सिटीलाई १–० ले पराजित गरेको छ ।

बार्यनका लागि खेलको अन्तिम मिनेटमा सिटीका पूर्व डिफेण्डर जेरोमी बोटेङ्गले निर्णायक गोल गरे । लगतै म्यानचेष्टर सिटीका सर्जिओ एग्युरोले बराबरी गर्ने मौका गुमाए ।

अर्को खेलमा चेल्सी शाल्केसँग १–१ को बराबरीमा रोकिएको छ । चेल्सीले ११ औं मिनेटमा सेस फेब्रिगासको गोलबाट लिएको अग्रता जोगाउन सकेन । ६२ औं मिनेटमा शाल्केले बराबरी गोल फर्काएको छ ।

रोमाले सीएसकेए मस्कोलाई ५– गोल अन्तरले पराजित गरेको छ ।

एफसी पोर्टोलजे बाटेलाई ६– ले हराएको छ । पेरिस सेन्ट जर्मेनलाई अयाक्सले १–१ को बराबरीमा रोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment