Comments Add Comment

बिहीबारका दैनिक पत्रिकामा बिजनेश खबर

बिहीबार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले माथिल्लो कणर्ालीको पीडीए अनुमोदन भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकले ‘अन्ततः माथिल्लो कर्णालीको पीडीए अनुमोदन’ शीर्षकमा मुख्य खबर छापेको छ । लामो प्रयत्नपछि लगानी बोर्डले सामान्य परिमार्जनसहित नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युतको आयोजना विकास सम्झौता (पीडीए) पारित गरेको हो ।

यस्तै, इन्भेस्मेन्टको सेयर बिकेन, वनरक्षक बने ‘शाही सिकारी’, आईसीपीको सबै जग्गा नेपाल सरकारको नाममा, पुरै जग्गा गुमाउनेलाई सरकारले जग्गा दिने, सार्वजनिक खरिद ऐन संशोधन प्रस्ताव, दशैंमा निगमले ४७ वटा दुर्गम उडान गर्ने, लगायतको खबर कारोबार दैनिकमा छ ।

आर्थिक दैनिकले ‘सरकारी कर्मचारीबाट अवकाशप्राप्तलाई परामर्शदाता बन्न सीमा तोकिने’ शीर्षकमा मुख्य खबर छापेको छ । उच्च तहको सरकारी पदबाट अवकाश पाएकाहरुलाई तीन वर्ष भन्दा बढी समय कुनै पनि आयोजना/परियोजनाको परामर्शदाता बन्न नपाउने कडा प्रावधान राखेर सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्नुपर्नेमा सभासद्हरुले जोड दिए ।

यस्तै, माथिल्लो कणर्ालीको ‘पीडीए’मा सहमति, आईडी बैंकका शाखा प्रबन्धकलाई एक वर्ष थुनामा राख्न आदेश, बोनस सेयरको सहयोगले चुक्ता पुँजी बढाउँदै वाणिज्य बैंकहरु, निगमको मासिक घाटा २८ लाख, कर्जा सरक्षणको बैंक तथा वित्तीय संस्थामा ८० करोड रुपैंयाँ निक्षेप लगायतको खबर आर्थिक दैनिकमा छ ।

नागरिक दैनिकले ‘हेलो-हेलोमै सकिन्छ पैसा’ शीर्षकमा मुख्य खबर छापेको छ । नेपाल टेलिकमको नेटवर्कमा देखिएको खराबीले गर्दा टेलिफोन सम्पर्कमा समस्या रहँदै आएको छ ।

यस्तै, ऐन, कानून उद्योगिकमैत्री नभएकाले त्यसलाई समय सापेक्ष बनाउन उद्योग वाणिज्य संघको सरकारलाई आग्रह, इबोलाबाट तीन देशमा ८१ करोड डलर क्षति, ७१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन, डेरामा बस्नेलाई लक्ष्य गर्दै सस्ता घर लगायतका खबर नागरिक दैनिकमा छ ।

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment