Comments Add Comment

बेलायत र स्कटल्याण्ड : जनमत संग्रहबाट टुक्रने तयारी

belayat-iscotland
२ असोज, काठमाडौं । संयुक्त अधिराज्य बेलायतबाट स्कटल्याण्डलाई अलग्गै राज्य बनाउने कि नबनाउने भन्नेबारे आज स्कटल्याण्डमा जनमत संग्रह हुँदैछ । करिब ५३ लाख स्कटल्याण्डबासीले युकेमै रहने हो भने ‘नो’ र स्कटल्याण्डलाई अलग राज्य बनाउने हो भने ‘यस’ अप्सनमा भोटिङ गर्दैछन् ।

ग्रेट ब्रिटेन भनेको वेल्स, स्कटल्याण्ड, आयरल्याण्ड र बेलायत मिलेर बनेको हो । वेल्सलाई तेह्रौं शताब्दीमा ब्रिटेनले युद्धबाट जितेर आफूमा गाभेको थियो ।

voteस्टकल्याण्डलाई चाँहि सहमतिमै ब्रिटेनमा गाभिएको थियो । आयरल्याण्डलाई पनि बल प्रयोगको माध्यमबाट बेलायतमा गाभिएको हो ।
एलिजाबेथ प्रथमको निधनपछि स्कटल्याण्डलाई जेम्सलाई बेलायतमा निम्त्याएर राजा बनाइयो र ब्रिटेन र स्कटल्याण्डलाई मिलाएर युनाइटेड किङडम (युके) बनाउने सहमति भयो ।

स्कटल्याण्डमा छुट्टै पार्लियामेन्ट छ । त्यहाँ राष्ट्रिय पार्टीहरु कमजोर हुँदै सन् २०१२ मा स्कटिज नेशनल पार्टीले पार्लियामेन्टमा बहुमत हासिल गरेको छ ।

स्कटल्याण्डको जनमत संग्रहमा अलग नहुने पक्षमा मतदान गर्न बेलायती प्रधानमन्त्री डेभिन क्यामरुनदेखि सत्ता पक्ष र प्रतिपक्षका नेताहरु लागिपरेका छन् । उनीहरुले स्कटल्याण्डलाई बढी भन्दा पावर दिइने आश्वासन दिइरहेका छन् ।

नेपालमा पनि मधेसलाई अलग बनाउनुपर्ने पृथकतावादी स्वर उठ्न थालेको छ । यसै सिलसिलामा डा. सिके राउत पक्राउ परेका छन्

तर, बहुमत स्कटल्याण्डबासीले अलग हुने पक्षमा मतदान गर्ने सम्भावना देखिएको पूर्वानुमान धेरैले गरेका छन् । युकेको कुल जनसंख्याको ८ प्रतिशत जनता स्कटल्याण्डमा बस्छन् ।

बेलायतमा संघीयता छैन । अझ त्यहाँ एकताको प्रतीक भनिएको राजसंस्था छ । तैपनि बेलायत बिखण्डनको सँघारमा छ ।

बेलायतबाट नेपालीले पाठ सिकुन् : हरि रोका

विश्लेषक हरि रोकाले बेलायत विघटनको दिशामा जान थालेको बताएका छन् । स्कटल्याण्डमा आज भइरहेको जनमत संग्रहबारे विश्लेषण गर्दै रोकाले भनेका छन्-Hari-roka

‘हेर्दाहेर्दै चार पुस्ता अघिसम्म साम्राज्यवाद लादेको, कहिल्यै घाम नअस्ताउने भनिएको बेलायती साम्राज्य ३ सय ७ वर्ष पुरानो आफ्नो युनियनलाई समेत जोगाउन नसकेर विघटनतर्फ उन्मुख हुन पुगेको छ । यो साम्राज्यलाई अगाडि बढाउन नेपाली गोरखाको पनि कम रगत, पसीना, त्याग र मेहनत परेको छैन । तर, उसको आफ्नै अहंकार र आफैंभित्र स्थापित अत्यधीक शोषणले उसलाई कहीँ टिकाउन सकेन र ऊ विघटनको दिशामा जाँदैछ । (रोका : नयाँ पत्रिका दैनिक, ०७१ असोज २)

विश्लेषक रोकाको थप तर्क छ, ‘नेपाली राज्यका यतिबेलाका हस्तीले बदलिँदो विश्व जनमत, तिनले पार्ने प्रभाव आँकलन गर्न जरुरी छ । कुनै पनि राष्ट्रिय राज्य सत्ताधारी एकमुठी शासकहरुको अहंकारले टिकाउन सकिन्न भन्ने कुरा बुझ्न जरुरी छ । राज्यको पुनसंरचना गर्दै संघीय गणतन्त्रलाई संस्थागत गर्दै अगाडि बढ्न चाहेको नेपाली राज्यले बेलायतबाट सुरु भएको विघटनको पाठलाई नजिकबाट हेर्न बुझ्न र सिक्न जरुरी छ ।’ (उही)

स्कटल्याण्डको असर काश्मिरमा पर्ने संकेत

जनमत संग्रहमार्फत् स्कटल्याण्ड स्वतन्त्र राष्ट्र बन्यो भने त्यसको असर भारत र पाकिस्तानको वीचमा विवादित रहेको काश्मिरमा पर्ने सक्ने भारतीय विश्लेषकहरुले जोडघटाऊ गर्न थालेका छन् ।

बीबीसी वल्र्ड सर्भिसका एन्ड्रयु ह्वाइटहेट बेलायतको विभाजनले काश्मिर स्वतन्त्र हुन सक्ने दाबी गर्छन्

बीबीसी वल्र्ड सर्भिसका एन्ड्रयु ह्वाइटहेट बेलायतको विभाजनले काश्मिर स्वतन्त्र हुन सक्ने दाबी गर्दै भन्छन्- ‘काश्मिर आधुनिक इतिहासको धेरै जटिल मुद्दा हो । भारतमा बेलायती शासनका बेला जम्मु काश्मिरमा त्यहाँका राजाको शान थियो ।’

बीबीसी हिन्दी सेवामा ह्वाइटहेट लेख्छन्-‘१९४७ मा काश्मिर मुस्लिम बहुसंख्यक राज्य थियो, जहाँ हिन्दुराजाको शासन थियो । काश्मिरले दुबै देश (भारत र पाकिस्तान) मा जान इन्कार गर्‍यो । पाकिस्तानले काश्मिरमाथि आक्रमण गर्‍यो र त्यहाँका राजाले भारतसँग हात मिलाए ।’

एन्ड्रयु लेख्छन्- ‘काश्मिरमा जनमत संग्रह भयो भने के हुन्छ ? यसको जवाफ कसैलाई थाहा छैन । भारत शासित काश्मिरमा २५ वर्षदेखि पृथकतावादी आन्दोलन भइरहेको छ । स्कटल्याण्ड र काश्मिरमा केही भिन्नता छन्, तर स्कटल्याण्ड स्वतन्त्र भयो भने काश्मिरको पनि स्वतन्त्रताको कुरा उठ्छ ।’

सिक्किमको मौनता

भारतले आफूमा गाभेको काश्मिरमा स्कटल्याण्ड विखण्डनको असर पर्ने आँकलन गरिए पनि सिक्किममा भने त्यसको असर तत्काले नपर्ने देखिन्छ । किनभने सिक्किममा काश्मिरमा जस्तो पृथकतावादी आन्दोलन उठान भइसकेको अवस्था छैन ।

दोस्रो विश्वयुद्धपछि जनमत संग्रहको माध्यमबाटै ३० वटा राज्य स्वतन्त्र भइसकेका छन्

स्वतन्त्र राज्यका रुपमा रहेको सिक्किमलाई भारतले षडयन्त्रपूर्वक आफूमा मिलाएको हो ।

यद्यपि दोस्रो विश्वयुद्धपछि जनमत संग्रहको माध्यमबाटै ३० वटा राज्यहरु स्वतन्त्र भइसकेका छन् । स्वतन्त्र रहेको युक्रेन भने जनमत संग्रहको माध्यमबाट रुसमा विलय भएको छ ।

स्कटल्याण्डको असर नेपालमा

नेपालमा पनि मधेसलाई अलग बनाउनुपर्ने पृथकतावादी स्वर उठ्न थालेको छ । यसै सिलसिलामा डा. सिके राउत पक्राउ परेका छन् । तर, आजको जनमत संग्रहले स्कटल्याण्डलाई युकेबाट स्वतन्त्र बनायो भने नेपालका पृथकतावादीलाई पनि मनोवैज्ञानिक बल पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment