Comments Add Comment

नक्कली सुनको गहनालाई सक्कली भनी झुक्याउने पक्राउ

२ असोज, सोलुखुम्बु । १४ तोलाको नक्कली सुनको दुई थान चुरालाई सक्कली भन्दै ठगी गर्ने बाकाचौला-८ खोटाङका कर्णबहादुर तामाङलाई प्रहरीले लुक्लाबजारबाट पक्राउ गरेको छ ।

लुक्लाबजारस्थित राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयमा गार्ड पदमा कार्यरत ५५ वर्षका कर्णबहादुर तामाङले चौँरीखर्क-८ लुक्ला निवासी कर्णबहादुर नेपालीलाई सक्कली सुन भन्दै झुक्याएर उक्त गहना धितो राखी चार लाख ५० हजार रुपैयाँ ऋण लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उक्त गहना जाँच गर्दा नक्कली ठहर भएपछि अभियुक्तलाई पक्राउ गरेर बुधबार जिल्ला अदालत सोलुखुम्बुमा मुलुकी ऐन ठगीको महलअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment