Comments Add Comment

एक हप्तामा बैंकहरुको निक्षेप ३ अर्ब र कर्जा ७ अर्ब बढ्यो

 २ असोज काठमाडौं । पछिल्ला दिनहरुमा बैंकहरुको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह दोब्बरले बढेको छ । अघिल्लो साता (भदौ १३ गतेदेखि २० गतेसम्म) ३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । तर यस अवधिमा कर्जा भने ७ अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकले जनाएको छ ।

Nepali money

भदौ १३ गते सञ्चालनमा रहेका ३० वाणिज्य बैंकहरुमा ११ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । भदौ २० गते ३ अर्ब रुपैयाँले बढेर बैंकहरुको कूल निक्षेप १२ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ ।

तर, भदौ १३ गते ९ खर्ब १६ अर्ब रुपैयाँ रहेको कर्जा २० गते ७ अर्बले बढेर ९ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । पछिल्ला दिनहरुमा बैंकहरुको कर्जा निरन्तर बढिरहेकाले लगानीको माग बढेको देखिएको छ ।

निक्षेपको तुलनामा कर्जाको वृद्धि उल्लेख्य देखिएकाले बैंकिङ क्षेत्रमा रहेको अधिक तरलता विस्तारै खुम्चिदै जाने देखिन्छ ।

पछिल्लो समयमा वित्तीय प्रणालीमा रहेको तरलता पनि विस्तारै घट्दै गएको छ । अन्तर बैंक कारोबार र त्यसको व्याजदर निरन्तर घटिरहेको छ । बुधबारसम्म वाणिज्य बैंकहरुको अन्तर बैंक व्याजदर ०.१५ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment