Comments Add Comment

रेखासँगको बिहेको सम्भावना भोलि नै थाहा हुन्छ : सुदर्शन गौतम

rekha-and-sudarsan

२ असोज, काठमाडौं । दुर्इवटै हातविना सगरमाथाको सफल आरोहण गरेपछि सुदर्शन गौतमको चर्चा खुबै भयो । उनले विभिन्न किर्तिमान राख्दै ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा नाम राखेका छन् । तर, वुधबार सञ्चारकर्मीको वीचमा घेरिँदा सुदर्शन एकाएक ‘नर्भस’ बने ।
सगरमाथा चढ्दा सहज महसुस गरेका गौतमकोे क्यामेरा अगाडि पर्दा पसिना निस्कियो । तैपनि उनी सहज बन्ने कोशिश गर्दै थिए ।

श्याम भन्दा रेखा नै निर्देशनमा उत्तम
चर्चित सिरियल र फिल्म निर्देशन गरिसकेका श्याम भट्टराई भन्दा सुदर्शनको नजरमा रेखा थापा सफल निर्देशक ठहरिइन् । कारण एउटै छ, रेखाले उनलाई हिम्मत दिएकी छिन् । सुदर्शनलाई श्यामले सुरुवातमै लामो संवाद दिएछन् । जसका कारण, सुदर्शन पहिलो दिन कुनै पनि दृश्य नदिने सोचाइमा थिए ।

जब श्याम सिनेमाबाट बाहिर निस्किए, रेखाले निर्देशन सम्हालिन् । सुदर्शनलाई पनि खोजेजस्तै भयो । रेखाले उनलाई मायाले अभिनय सिकाइन्, सुदर्शनले पनि सिके ।

उनी अभिनयका क्रममा कहिले रेखाको काखमा बसे त कहिले रेखाको चुम्बनमा रमाए । सुदर्शनलाई रेखाले ‘क’ नजरबाट नजाने ‘ग’ बाट सिकाइन् । सुदर्शन सञ्चारकर्मीसँग यस्ता कुरा भन्न पाउँदा उनी खुशी देखिए ।

रेखा राम्रो साथी, म सिंगल छु
रेखा सुदर्शनलाई प्रेम गर्छिन् । सुदर्शन पनि रेखाविना एकछिनमै छटपटिन्छन् । तर, पनि सुदर्शनले यो सम्बन्धलाई बेष्ट फ्रेन्डको उपनाम दिए ।

पत्याउन गाह्रो लाग्छ, तर सुदर्शन मिडियामा प्रेमको चर्चा नहोस् भन्ने चाहन्छन् । रेखाका लागि सुदर्शनको प्रेम सिनेमा चलाउने फन्डा हुन सक्छ । अमेरिका गएकी रेखा छेउमै नभएकाले पनि सुदर्शन केही अतालिएका थिए । सायद, रेखाले उनको बोलीमा बोली मिसाइदिन सक्थिन् । तर, पनि सुदर्शनले कुरा खोलिरहे ।

उनका लागि ‘हिम्मतवाली’को प्रश्न विशेष थियो, तर सञ्चारकर्मीले उनको व्यक्तिगत कुरा बढी कोट्याए । रेखासँगको बिहेको सम्भावनालाई सुदर्शनले नकारेनन् ।

उनले केही बर्षपछि थाहा हुने बताइरहँदा आफू सिंगल भएको राज खोले । ‘डेढ बर्षअघि मेरो सम्बन्ध बिच्छेद भैसकेको छ । अहिले म सिंगल छु, सुदर्शनले निर्धक्क भनिदिए ।

सायद, रेखाकै लागि अमेरिकामा तेल व्यवसायमा अगाडि बढेका सुदर्शन अब नायिका थापासँग बिहे हुनसक्छ भन्ने प्रमाण दिँदै थिए ।

सुदर्शनले आफ्नो अघिल्लो जीवनसँग डुल्न चाहेनन् । यसैले भने-‘म उसको जीवनमा कुनै धक्का दिन चाहन्न । मन नमिलेपछि एकसाथ बस्नु पर्छ भन्ने पनि छैन ।’sudarsan-thapa

गिनिज बुक ठूलाे कुरा होइन
सुदर्शनका लागि गिनिज बुकमा नाम लेखाउनु सामान्य भैसकेको छ । आफ्नो बारेमा गिनिज बुकलाई चाहिएमा आफै आउँने बताउँदै उनले अब आफू  त्यता नजाने कुरा खोले । उनले आफूले नामै लेखाउनका लागि किताब र बायोडाटा बोकेर नहिँड्ने समेत खुलाए ।
सिनेमा खेलेर के पाए ?
निक्कै राम्रो प्रश्न गर्नुभयो, सुदर्शनले सिनेमा खेलेर के पाउनुभयो भन्ने प्रश्नमा सञ्चारकर्मीलाई फुर्काए । ‘हिम्मतवाली’ एउटा सकारात्मक सन्देश दिने चलचित्र हो, यो देशमा ५० लाख मानिस विभिन्न कारणले अपांगता भएका छन् । जसलाई यसले हिम्मत दिन्छ, सुदर्शनले राज खुलाए । ‘मैले आजसम्म जुन काम गरेको छु, यसले सकारात्मक सन्देश नै प्रवाहा गरेको छु । सिनेमा खेलेर मैले एउटा सन्देश दिन खोजेको छु’, गौतमले खुशी हुँदै भने ।
रेखा कस्ती यूवती ?
माया बसेपछि एक अर्काबारे सकारात्मक कुरा गर्नु स्वभाविक नै हो । सुदर्शन रेखालाई हिम्मतवाली युवती ठान्छन् । ‘सिनेमा नगरी प्रोत्साहन भन्दा पनि कुरा धेरै काट्ने र खुट्टा तान्ने क्षेत्र हो । तर, पनि रेखाले आफूलाई निक्कै बहादुरीका साथ अगाडि लगेकी छिन्, सुदर्शनले रेखाको प्रशंसामा फूलको बुट्टा भरे ।’ छेउमै रेखा भएको भए सायद मीठो मुस्कान दिन्थिन् होला, सुदर्शनले १ घन्टाको कुराकानीमा रेखाको यही कुराको अभाव महशुश गरे ।

प्रस्तुती : विजय आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment