Comments Add Comment

मानव अधिकार आयोगको अध्यक्षमा पूर्वप्रधानन्यायाधीश शर्माको नाम सिफारिस

Anup raj sharma२ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माको नाम सिफारिस भएको छ ।

संवैधानिक परिषदको बिहीबार बिहान बसेको बैठकले शर्मालाई मानवअधिकार आयोगको अध्यक्षमा सिफारिस गरेको हो । आयोगका अन्य सदस्यहरुमा प्रकाश वस्ती, मोहना अन्सारी, सुदीप पाठक र गोविन्द शर्माको नाम सिफारिस गरिएको छ ।

आयोगमा सिफारिस भएका व्यक्तिहरुले संसदीय सुनुवाइ पूरा गरेपछि उनीहरुको नियुक्तिलाई राष्ट्रपतिले औपचारिकरुपमा वैधापिनकता दिने संवैधानिक व्यवस्था छ ।

परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लोकसेवा आयोगलाई पनि पूर्णता दिने बताइए पनि यी दुई निकायमा भने सहमति हुने सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment