Comments Add Comment

डा. सीके राउतलाई काठमाडौं ल्याइयो

२ असोज, काठमाडौं । मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्दै अभियान चलाउँदा पक्राउ परेका डा. सीके राउतलाई प्रहरीले काठमाडौं ल्याएको छ ।

सीके राउत । तस्वीरः राउतको फेसबुक पेजबाट
सीके राउत । तस्वीरः राउतको फेसबुक पेजबाट

सर्वोच्च अदालतले भोलि शुक्रबार स-शरीर उपस्थित गराउन भनेपछि मोरङ प्रहरीले उनलाई काठमाडौं ल्याएको हो ।

उनलाई प्रहरी निरीक्षकसहितको टोलीले बुद्ध एयरको विमानबाट काठमाडौं ल्याएको छ । सोही टोलीले नै उनलाई अदालतमा उपस्थित गराउनेछ । 

राउत मोरङको रंगेलीबाट शनिबार पक्राउ परेका थिए । उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाइएको छ । उनीविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment