Comments Add Comment

काठमाडौ-हेटौंडा सुरुङमार्ग बनाउने जिम्मा क्यानेडिन ठेकेदारलाई, सम्झाैता चाँडै

Surung Marga

पुष्प दुलाल

२ असोज काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल) ले ५८ किलोमिटर लामो काठमाडौं-कुलेखानी-हेटौडा सुरुङ मार्ग निर्माण्को ठेक्का क्यानेडियन ठेकेदारलाई दिने भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. सुवर्ण बज्राचार्यले क्यानडाको प्रख्यात कम्पनीलार्इ ठेकेदार छनोट गरिसकेको  अनलार्इनखबरलार्इ जानकारी दिए ।

‘ठेकेदारको छनोट भइसकेको छ तर सम्झौता हुन बाँकी भएकाले उसको नाम सार्वजानिक गर्न मिल्दैन’ उनले भने ।

बज्राचार्यका अनुसार अागामी केही समयमा ठेकेदार कम्पनी नेपाल अाउदैछ, उससँग दशैंपछि ठेक्का सम्झाैता हुनेछ ।

यद्यपि उक्त ठेकेदारले नेपालको नियमअनुसार नै ठेक्का प्रक्रिया पुर्‍याउनु पर्ने उनले जानकारी दिए ।

ऋण उपलब्ध गराउने कम्पनीहरुले नै ठेकेदारको छनौट गरेको उनले बताए । मूख्य ठेकेदारले नेपालमा बोलपत्रमार्फत सहायक ठेकेदारको छनाैट गर्नेछ ।

क्यानेडियन ठेकेदारलाई मूख्य ठेक्केदार बनाउने सर्तमा गत भदौ ७ गते क्यानेडियन कम्पनीहरु इन्फ्राब्यांक्स कर्पोरेसन, सेज ग्लोवल क्यानडा, ग्लोवल फाइनान्सियल एसोसिएटले एनपीबीसीएललाई २८ करोड अमेरिकी डरल (२७ अर्ब रुपैयाँ) ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।

कम्पनीले क्यानेडियन कम्पनीहरुसँग दुई देखि तीन प्रतिशत व्याज हुनेगरी १५ वर्षका लागि ऋण लिएको उनले बताए ।

क्यानेडियन कम्पनीसँगको ऋण सम्झौतासँगै सुरुङ मार्ग निर्माणको कूल लागतको ८० प्रतिशत रकम जुटेको छ । सुरुङ मार्गको कूल लागत ३५ अर्ब लाग्ने बताइएको छ । बाँकी रहेको २० प्रतिशत लगानी भने नेपालीहरुबाटै उठाउने बज्राचार्यले जानकारी दिए ।

‘सेयर जारी गरी नेपालीहरुबाट ७ अर्ब रुपैयाँ उठाउँछौं, बाँकी रकमका लागि लगानीकर्ता खोज्छौं’ उनले भने ।

२ अर्ब रुपैयाँको पूर्वप्राथमिक र ३ अर्ब रुपैयाँको प्राथमिक सेयर निस्काशनका लागि धितोपत्र बोर्डमा ८ महिना अघि नै आवेदन दिइएको उनले बताए ।

नौ महिनाअघि नै निर्माण सुरु गर्ने कम्पनीको योजना रहेपनि  लगानी जुट्न नसकेकाले निर्माण आरम्भ ढिलो हुँदा लागत बढ्ने उनले बताए ।

‘कति लागत बढ्छ यकिन गरिसकेका छैनौ’ बज्राचार्यले भने -अब लगानीको चिन्ता रहेन, दुई महिनाभित्र निर्माणकार्य सुरु हुन्छ ।

छोटो समयका लागिल वाणिज्य बैंकहरुबाट छोटो समयको लागि कर्जा लिएर निर्माण कार्य अघिबढाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment