Comments Add Comment

उठायो त ‘विर्खे’ले लगानी ?

subash-and-aausha-rai
कमेडी चलचित्र ‘बिर्खेलाई चिन्छस्’ले नेपालबाट आफ्नो लगानी सुरक्षित गरेको यसका निर्माता तथा नायक सुवास थापाले जनाएका छन् । सुवासले आफ्नो हातमा आउने रकम लगानी बराबरको हुने बताए ।

नेपालभरबाट यो सिनेमाले करिब ९० लाख हारहारीको ग्रस कलेक्शन गरेको वुझिएको छ । सुवासका अनुसार उनले विदेशमा पनि चलचित्रलाई राम्रै रकममा बेचिरहेका छन् । सुवासले अनलाइनखबरसँग भने-‘विदेशबाट आउने सबै रकम मेरा लागि फाइदा हो ।’

‘कोहिनुर’को भेलले आधा दर्जन सिनेमालाई बगाउँदा ‘बिर्खेलाई चिन्छस्’ भने केही हदसम्म बचेको थियो । ‘कोहिुनर’ पछि सुवास थापाको ‘बिर्खेलाई चिन्छस्’ले राम्रो कमाई गरेको हल संचालकहरु बताउँछन् । यो चलचित्र भदौ २० गतेबाट प्रदर्शनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment