Comments Add Comment

सम्वाद समितिलाई असोज १४ सम्मको समय

२ असोज, काठमाडौं । संविधानसभाले नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई असोज १४ सम्मको समय दिएको छ ।

Bugut vasan an samsad  (13)
फाइल फोटो

सम्वाद समितिको प्रतिवेदनमाथिको छलफलपछि संविधानसभाको बिहीबारको बैठकले सम्वाद समितिलाई दुई साताको समय दिने प्रस्ताव बहमुतले पारित गरेको छ ।

संविधानसभाले सहमति भएका विषयलाई तत्काल संविधानसभामा पठाउन समेत भनेको छ । तोकिएको समयमा सहमति नजुटे प्रश्नावली तयार पारी असोज २१ बाट संविधानसभामा पेश गर्न समय छुट्याइएको छ ।

सम्वाद समितिका सभापति डा. बाबुराम भट्टरार्इले टुङ्गो लाग्न बाँकी विषयमा दलहरु सहमति नजिक रहेको भन्दै केही समय माग गरेका थिए ।

दलहरुबीच राज्यको पुनः संरचना, शासकीय स्वरुप, न्याय प्रणालीसहितका विषयमा सहमति हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment