Comments Add Comment

प्रधानमन्त्री अमेरिका जानु अघि सदनको अवरोध हटाउन सभामुखको आग्रह

२ असोज, काठमाडौं । सरकार र विपक्षी दलहरुबीच वार्ता नै हुन नसकेपछि व्यवस्थापिका-संसद्को बैठक बिहीबार पनि अवरुद्ध भएको छ ।

एमाओवादीसहितका विपक्षी दलहरुले चारबुँदे सहमति कार्यान्वयनको माग राख्दै लगातार सातौं पटक संसद बैठक अवरुद्ध पारेका हुन् ।

संसदको बैठक सुरु हुनासाथ विपक्षी दलहरुको तर्फबाट बोल्दै फोरम गणतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रतिपक्षलाई थकाउन खोजिएको भए त्यो गलत हुने बताए ।

एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले अनलाइनखबरलाई बताए अनुसार प्रमुख दलहरुको बैठक बसेको तर, सदन सुचारु गर्नेबारे छलफल नभएको बताए । 

लगतै विपक्षी दलहरुले उठेर विरोध गरेपछि सभामुख सुवास नेम्वाङले आफूले सदन खुलाउन लगातार गराएको ध्यानाकर्षणलाई गम्भीर रुपमा नलिएको भन्दै असन्तुष्टि जनाए । उनले भने-‘भोलि प्रधानमन्त्री अमेरिका जानु अघि नै सदनको गतिरोध खुलोस् ।’

मुलुक पेश्मी खर्च विधेयकको भरमा चलेको भन्दै उनले प्रश्न गरे-‘पेश्की बजेटले देश कहिलेस्म्म चल्छ ? दैनिक कार्य सञ्चालन कसरी हुन्छ ? गम्भीर भएर सोच्नु पर्ने भएको छ ।’

संसदको अर्को बैठक शुक्रबार १ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment