Comments Add Comment

व्यापारीलाई अपहरण गर्न खोज्ने पाँच अपहरणकारी पक्राउ

kidnapper

सलमान खान

२ असोज, भैरहवा । भैरहवाको लाकोल होटलबाट चितवनका दुई जना जग्गा व्यापारीलाई अपहरण गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् ।

प्रहरीले अपहरणकरीलाई पक्राउ गरी जग्गा व्यापारीलाई उद्धार गरेको छ । पक्राउ पर्नेमा अपहरणका मुख्य योजनाकार कैलाली धनगढी ८ घर भइ हाल रुपन्देही सिनपा १३ का ४३ वर्षीय होटलका म्यानेजर कृष्ण सिंह, चितवन भरतपुरका ३५ हरि बहादुर घले (गाडी चालक), रत्ननगर १२ का ३० वर्षीय कृष्ण बहादुर नेपाली रहेका छन् ।

त्यस्तै नवलपरासी गैडाकोट १ का ३२ वर्षीय सुजन लामा र रुपन्देही सिद्धार्थनगर नपा ७ का ३७ वर्षीय दिपक तमाड रहेका छन् । अपहरणको लागि प्रयोग गरेको चितवन पुल्चोकस्थित होटल होलिडे होमको बा १२ च ३२३ नम्बरको स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

अपहरणकारी मध्ये दुई जना फरार भएका छन् । अपहरणको मुख्य योजनाकार चितवनका सुन व्यवसायी समेत रहेका अनिल नामक व्यक्ति रहेको प्रहरी अनुसन्धानमा खुलेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिए ।

अपहरणका योजनाकार मध्येका एक होटलका क्यासिनो म्यानेजर कृष्ण सिंहले मकवानपुर फाकेताल ८ का ४४ वर्षीय श्यामसुन्दर नगरकोटी र दोलखाका ४६ वर्षीय रामराज शिवकोटीलाई होटलमा आउन आग्रह गरेपछि उनीहरु असोज १ गते लाकोलमा आएका थिए ।

होटलका कर्मचारीसँग चिया माग्दा नपाएपछि ग्राउन्ड फ्लोरमका गएका उनीहरुलाई अपहरकारीहरुले जबरजस्ती गाडीमा बसाल्न खोजेका थिए ।

उनीहरुले प्रतिकार गर्दा गर्दै प्रहरी पुगेको जग्गा व्यापारी श्याम सुन्दर नगरकोटीले बताए । पक्राउ परेका व्यक्तिहरु माथि अपहरणको मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment