Comments Add Comment

महिला फुटबलमा पूर्वाञ्चलविरुद्ध सशस्त्रको २१ गोल

२ असोज, काठमाडौं । वेष्टर्न युनियन महिला राष्ट्रिय लिग फुटबलमा सशस्त्र प्रहरीले पूर्वाञ्चललाई २१-० गोलले पराजित गरेको छ ।

चितवनको नारायणगढस्थित क्याम्पाचौरमा भएको खेलमा सशस्त्रका लागि सजना रानाले एक्लैले ८ गोल गरिन् । अनिता बस्नेत र सपना राईले हृयाट्रिक गरिन् । रेनुका नगरकोटी, सबिता भण्डारी र मधु मुखियाले समान २/२ गोल गरिन् ।

अर्को खेलमा त्रिभुवन आर्मीले सुदूरपश्चिमाञ्चललाई १४-० गोलले पराजित गरेको छ । त्रिभुवन आर्मीका लागि दिपा न्यौपानेले एक्लैले आठ गोल गरिन् । ईन्दिरा राईले दुई तथा अन्जली वाईवा र भुजिबा राईले गोल गरिन् भने एक गोल उपहार गोल थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment