Comments Add Comment

प्रहरी सुरक्षामा फेरि रात्रिबस चल्ने

Night-bus

३ असोज, काठमाडौं । सरकारले राजधानीमा पुनः रात्रिबस सुचारु गर्ने भएको छ । १ वर्षदेखि बन्द रात्रिबस कात्तिक पहिलो साताबाट सुरु गर्न महानगरपालिकाले तयारी थालिसकेको छ ।

अब निर्देशिका नै बनाएर बस सञ्चालन गरिने भएको छ । यातायात व्यवसायीले नियमितभन्दा ३५ प्रतिशतसम्म बढी भाडा, सुरक्षा प्रत्याभूतिलगायत १३ वटा सर्त राखेका छन् । व्यवसायीका मागप्रति महानगरपालिका सकारात्मक देखिएको कारोबारमा खबर छ ।

‘व्यवसायीको मागअनुसार हतियार र रेडियो सेटसहित प्रत्येक बसमा २ जना सुरक्षाकर्मी उपलब्ध गराउन हामी तयार छौं ।’ महानगरीइ ट्राफिक पहरी महाशाखाका प्रहरी उपरीक्षक वसन्त पन्तले भने, ‘रात्रिबस सञ्चालन गर्नुस्, हामी सुरक्षा दिन तयार छौं भनेर आश्वास्त पारेका छौं ।’ यसअघि रात्रिवस सुरक्षामा खटिएका प्रहरीलाई व्यवसायीले मासिक ३ हजार रुपैयाँ भक्त उपलब्ध गराएका थिए ।

सरकारको पहलमा ०६९ भदौ १ देखि पहिलोपटक रात्रिबस सञ्चालनमा आएको थियो । दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्ने नेकपा-माओवादीको निर्णयपछि असुरक्षाको कारण देखाउँदै व्यवसायीले ०७० कात्तिक १५ बाट बन्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment