Comments Add Comment

नगरभित्रका जग्गाको भाडा प्रतिरोपनी ९६ रुपैंयाँ !

ilam-tea३ असोज, काठमाडौ । पूर्वी नेपालको झापा र इलामका विभिन्न ६ स्थानमा रहेको चिया बगान संघाई ग्रुपलाई भाडामा दिंदा ठूलो चलखेल भएको तथ्य फेला परेको छ । तत्कालिन एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरुको संयुत्तः सरकारले सात वर्षअघि गरिएको सम्झौतामा वाषिर्क भाडा दुई करोड ४० लाख रुपैंयाँ छुट दिंदै वाषिर्क ४० लाख रुपैंयाँ सीमित गरिएको थियो ।

नेपाल चिया विकास निगमको मातहतमा इलाम र झापामा रहेको कुल ४१ हजार तीन सय ३५ रोपनी जग्गाको वाषिर्क भाडा प्रतिरोपनी ९६.७७ रुपैंयाँमा संघाई ग्रुपका पुरुषोत्तमलाल संघाई र सुभाष संघाईले उपभोग गरिरहेका छन्, आर्थिक दैनिकमा खबर छ ।

२०५७ साल कार्तिक ४ गते सम्पन्न भएको नेपाल चिया विकास निगम संघाई ग्रुपका पुरुषोत्तमलाल संघाईलाई भाडामा दिने सम्बन्धी सम्झौतालाई २०६४ फागुन २२ गते पुनः संसोधन गर्दै प्रति चिया बगानको भाडा वाषिर्क नौ सयबाट प्रतिरोपनी ९६ रुपैयाँमा झारिएको थियो ।

दोस्रो सम्झौतामा ‘तत्कालिन अर्थसचिव विद्याधर मल्लिक, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव दिवाकर पौडेलले हस्ताक्षर गरे पनि सो समयमा सरकारमा सहभागी सबै दलको सहमतिमा उक्त सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment