Comments Add Comment

शुक्रबारका छापामा मुख्य खबर

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले विरोधकाबीच पीडीए स्वीकृत भएको, मलेसियाबाट अबैध कामदार नेपाल फर्काइएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्टले अनसनमा बसेका नन्दप्रसाद अधिकारी अचेत भएको, संविधानका विवादित विषयमा सहमति गर्न दुई साता समय थप भएको खबलाई प्राथमिकताका साथ छापेको छ ।

नयाँ पत्रिकाले प्रधानमन्त्रीको उचपारमा एक करोड ३२ लाख खर्च भएको, चुरेका नाममा चार वर्षमा सवा अर्ब खर्च गरेको, नेपाल भारतको खुल्ला सीमाका कारण सुरक्षा थ्रेट रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले भारत भ्रमणमा जिनपिङले क्षेत्रीय चासो राखेको नेपाल सम्बन्धमा सहयोग गर्न आग्रह गरेको, स्वतन्त्र स्कटल्याण्डको लागि गरिएको मत सर्वेक्षणमा स्कटल्याण्डको पक्षमा ४८ प्रतिशत र संयुक्त अधिराज्यकै पक्षमा ५२ प्रतिशत आएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

राजधानी दैनिकले संविधानमा सहमति जुटाउन १४ असोज सम्मको समयसीमा थपिएको, प्रधानमन्त्री न्युर्योक जान लागेको, जनक शिक्षा र साझा प्रकाशन बन्द गर्न निर्देशन दिइएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment