Comments Add Comment

शुक्रवारका दैनिक पत्रिकामा बिजनेश खबर

शुक्रवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले एनआरएनएको जापानमा शुरु भएको क्षेत्रीय सम्मेलन तथा सरकारद्वारा पीटीए स्वीकृत गरेको खबरलाई प्राथमिकतासाथ छापेका छन् ।

कारोबार दैनिकले ‘विश्वभरका गैरआवासीय नेपाली जापानमा’ शीर्षकमा मुख्य खबर छापेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन)को आठौं क्षेत्रीय सम्मेलन विहीवारदेखि जापानको नागानोस्थित तातेसिना रिसोर्टमा शुरु भएको छ । ‘समृद्ध नेपालका लागि आर्थिक मार्गचित्र’ नारासहित शुरु भएको सम्मेलनमा विभिन्न मुलुकबाट करिब २ सय भन्दा बढी गैरआवासीय नेपाली तथा अतिथि सहभागी छन् ।

यस्तै, पर्यटनमा छायो उत्साह, प्रहरी सुरक्षामा फेरि रात्रीबस, राजमार्गको होटलमा मनपरी मूल्य, टीएसका लागि स्वीस सरकारको ३१ करोड, उर्जामन्त्रीको हस्तक्षेपछि प्राधिकरणमा विवाद, विपन्न वर्ग कर्ता सीमा वृद्धि, स्वदेशी बजारको विकासमा सरकारी नीति बाधक लगायतका खबर कारोबार दैनिकमा छ ।

नागरिक दैनिकले ‘समृद्धिमा साझेदार बन्छौं’ शीर्षकमा एनआरएनएको जापानमा शुर भएको आठौं क्षेत्रीय सम्मेलनको खबरलाई मुख्य खबर बनाएको छ । नेपालको आर्थिक वृद्धिदर न्युन रहेको भन्दै अहिले लगानी गरेर मुलुकको आर्थिक समृद्धिमा साझेदार बन्नुपर्नेमा सम्मेलनमा सहभागीले बताए ।

यस्तै, पञ्चेश्वरको विधान प्रक्रिया सुरु, १५ वर्षपछि धनगढीमा निमगको जहाज, राजमार्गमा बासी खाना, कास्कीको तीन क्षेत्रमा प्याराग्लाइडिङ इजाजत बन्द, नेप्से परिसूचिक १३ अंकले घट्यो, वीरगञ्जमा ब्यापारीको गोदाममा सिल लगायतका खबर नागरिक दैनिकमा छ ।

आर्थिक दैनिकले ‘सरकारद्वारा पीटीए स्वीकृत कर्णालीको पीडीए गर्न बोर्डलाई अनुमति’ शीर्षकमा मुख्य खबर छापेको छ । सरकारले भारतसँग गत भदौ १९ गते भएको विद्युत ब्यापार सम्झौता (पीटीए)को प्रारम्भिक हस्ताक्षरलाई स्वीकृत गरेको छ भने माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास गर्न भारतको जीएमआर अप्पर कर्णली हाइड्रोपावर प्रोजेक्ट तथा कर्णाली ट्रान्समिसन कम्पनी लिमिटेडसँग पीडीए गर्न लागनी बोर्डलाई अनुमति दिएको छ ।

यस्तै, शुल्कवृद्धिविरुद्ध देशब्यापी शैक्षिक हड्ताल, उद्योग मन्त्रालयमा बेरुजु रकम बढ्यो, पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारणको बाटो खुल्यो, नगरभित्रका जग्गाको प्रतिरोपनी भाडा ९६ रुपैंयाँ, महानगरपालिका भित्र ‘एक ब्यवसाय एक साइनबोर्ड’, कर्णालीको खाद्यान्न निरन्तर राजधानी आउने, बोडीमा उच्च विषादी लगायतको खबर आर्थिक दैनिकमा छ ।

अन्नपूर्ण पोष्टले ‘तरलता ब्यवस्थापन दसैंपछि नयाँ उपकरणको सम्भावना’ शीर्षकमा मूख्य खबर छापेको छ । नेपाल राष्ट्र बैंकले दशैंपछि तरलताको अवस्था हेरेर ब्यवस्थापनका लागि थप उपकरणबारे निर्णय लिने भएको छ ।

यस्तै, स्तरीकरण नगरिएका एटीसी उडान सञ्चालनमा, उद्योग मन्त्रालयले छिट्टै गुरुयोजना ल्याउने, चुरेमा संकलित ढुंगा-गिटी-बालुवा खोलामै पुगेर उत्खनन गर्न छुट, विराटनगरमा फुटपाथे पसल हटाउने अभियान सुरु नहुँदै रोकियो, गैरआवसीय नेपालीलाई लगानी गर्न अर्थमन्त्रीको आग्रह, प्याराग्लाइडिङ् अनुगमन गर्न समिति लगायतको खबर अन्नपूर्ण पोष्टमा छ ।

annpurna-eco

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment