Comments Add Comment

पाँचौं लामाचौर कप खुल्ला सेभेन ए साइड फुटवल असोज ८ देखि

३ असोज, पोखरा । लामाचौर कप खुल्ला सेभेन ए साइड नक आउट फुटबल प्रतियोगिताको पाँचाैं संस्करण आगामी असोज ८ गतेदेखि सुरु हुने भएको छ ।

लामाचौरमा रहेको ब्लु एन्जल क्लवको आयोजनामा इन्द्रराज्य लक्ष्मी उच्च मा वि लामाचौरको मैदानमा हुने प्रतियोगिता असोज १४ सम्म सञ्चालन हुने क्लवका अध्यक्ष एवं संयोजक स्वागतसिंह भण्डारीले जानकारी दिए ।

नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा “स्वास्थको लागी खेलकूद ” भन्ने उद्धेश्यका साथ आयोजना हुन लागेको प्रतियोगितामा झन्डै ५० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागिताका लागि असोज ६ गतेसम्म दर्ता गरिसक्नु पर्ने संस्थाका सचिव प्रकाससिंह भण्डारीले बताए ।

प्रतियोगितामा विजेतालाई उपाधि सहित ९० हजार र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रको साथमा ४५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडीहरुलाई स्वर्गीय रञ्जन थापा स्मृति पुरस्कारबाट सम्मान गरिने क्लबका द्धितीय उपाध्यक्ष विकासमानसिंह भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment