Comments Add Comment

सिभिल मलको दशैंतिहार योजना, चार जना विजेतलाई महिन्द्रा स्कुटर

Civil-Mall-offer

३ असोज, काठमाडौं । सिभिल मलले यस वर्षको दशैंतिहारमा ‘सामसुङ ग्यालेक्सी एसफाइभ सिभिलम ल दशैंतिहार महोत्सव-२०७१’ योजना ग्राहकसामु प्रस्तुत गरेको छ ।

यस योजनामा सिभिल मलमा एक हजार वा सो भन्दा बढीको किनमेल गर्ने ग्राहकहरुमध्येबाट गोलाप्रथाबाट विजेता चयन गरी विभिन्न उपहार प्रदान गरिने बताइएको छ ।

सिभिल मलका अनुसार ४ जना भाग्यशाली विजेताहरुले महिन्द्रा स्कुटर प्राप्त गर्नेछन् भने अन्य ग्राहकहरुले दैनिक दुई लाख पचास हजार बराबरको पुरस्कार, काठमाडौं-दुबईको दुईतर्फी हवाई टिकट, एलसीडी टिभी, हिराको हार, डिजिटल क्यामेरा, घडी, फ्रिज, वासिङ मेशिन र माइक्रोवेभ ओभन प्राप्त गर्नेछन ।

यस बाहेक अन्य थुप्रै उपहारहरु पनि यस योजनाअन्र्तगत प्रदान गरिने सिभिल मलले जनाएको छ । यो योजना शुक्रबारदेखि लागु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment