Comments Add Comment

नारायणकाजीद्वारा बालुवाटार बैठक बहिस्कार

३ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले बालुवाटारमा शुक्रबार बिहान बोलाएको बैठक एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहिस्कार गरेका छन् । Narayan-Kaji-2
सरकारले राष्ट्रिय हित विपरीत माथिल्लो कर्णालीमा पीडीए सम्झौता गरेको भन्दै श्रेष्ठले बैठक बहिस्कार गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहानै अरु नेताहरुसँगै पुगेका श्रेष्ठले प्रधानमन्त्रीलाई राष्ट्रघातको नयाँ अध्याय सुरु गरेको आरोपसमेत लगाए ।
‘तपाईले राष्ट्रिय सहमति गरेर नयाँ युगको सुरुवात गर्छु भन्नुहुन्थ्यो, राष्ट्रघातको चाँहि नयाँ अध्याय सुरु गर्नुभयो,’ बैठक बहिस्कार गर्नुअघि श्रेष्ठले प्रधानमन्त्री सुशील कोइरालालाई भने ।
माथिल्लो कर्णालीमा विश्वकै सस्तो आयोजनालाई महंगोमा सम्झौता गरी राष्ट्रघात गरेको भन्दै श्रेष्ठ बैठक छाडेर बाहिरिएको स्रोतले बतायो ।
पीडीए सम्झौतालाई मन्त्रिपरिषदले अनुमोदन गरेको भोलिपल्ट संसदको अवरोध खुलाउन भन्दै प्रधानमन्त्रीले शुक्रबार बिहानै तीन दलका नेतालाई बालुवाटार बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment