Comments Add Comment

कांग्रेस हेडक्वार्डरमा नेविसंघ कार्यकर्ताको अवस्था नाजुक

nebishang३ असोज, काठमाडौं । महाधिवेशन माग गर्दै एक सातादेखि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनसन बसिरहेका नेविसंघका चारजना विद्यार्थी नेताको स्वास्थ्य नाजुक बनेको छ ।
नेविसंघका पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटा, शंकर पौडेल, रविन्द्र रोकाया र सुजन अधिकारी केन्द्रीय केन्द्रीय कार्यालय सानेपामा आमरण अनसनमा छन् ।
मागको सम्बोधन नभएसम्म आमरण अनसन नतोड्ने अडान उनीहरुले लिएका छन् भने उनीहरुको मागप्रति पार्टी नेतृत्व र नेविसंघ नेतृत्वले बेवास्ता गरेको आरोप विद्यार्थी नेताहरुले लगाएका छन् ।
नेविसंघ अध्यक्षका उम्मेदवार रत्न कार्कीले नेविसंघको नेतृत्व गैरजिम्मेवार र संवेदनाहीन भएकाले अनसनकारीहरुको अवस्था नाजकु बनेको बताए ।
कार्कीले अनलाइनखबरसँग भने-अनसनकारीको अवस्था दिनप्रतिदिन नाजुक बनेको छ, उनीहरुको अवस्था बुझ्न अहिलेसम्म कुनै नेता गएका छैनन् । नेविसंघको नेतृत्व गैरजिम्मेवार बनेको छ ।
अध्यक्षका अर्का उम्मेदवार मनोजमणि आचार्यले महाधिवेशनको माग गरेर अनसन बसिरहेका विद्यार्थीको अवस्था चिन्ताजनक रहेको बताए ।
आचार्यले भने-साथीहरुको अवस्था चिन्ताजनक छ, नेतृत्वले उनीहरुको माग पूरा गर्नेतर्फ ध्यान दिएन भने अपि्रय घटना हुन सक्छ ।
अनसनकारीको अवस्था नाजुक बनेपछि स्लाइन पानी चढाइएको जानकारी नेविसंघका नेताहरुले दिएका छन् ।
पार्टी नेतृत्वले हस्तक्षेप गरेर नेविसंघको भदौ २९ देखि हुने भनिएको महाधिवेशन स्थगित गरेको बिरोधमा उनीहरु अनसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment