Comments Add Comment

एसियाडमा गएका गैरखेलाडीलाई फिर्ता बोलाउन लेखा समितिको निर्देशन

३ असोज, काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले दक्षिण कोरियामा हुने एसियाडमा गएर गैरखेलाडीलाई तत्काल फिर्ता बोलाउन निर्देशन दिएको छ ।

लेखा समितिको बिहीबारको बैठकमा सभासद रामहरि खतिवडा लगायतले कोरियामा गैरखेलाडीहरु गएको भन्दै प्रश्न उठाएका थिए । ‘खुलकुदमन्त्रीका आफन्तदेखि कानुनी सल्लाहकार समेत गएको खबर छ’ सभासद खतिवडाले भने-‘को को गएका छन् उनीहरुलाई तत्काल फिर्ता बोलाइनुपर्छ जाने तयारीमा छन् भने पनि रोक्नुपर्छ । यसरी ब्राम्हलुट गर्न पाइँदैन ।’

गैरखेलाडीहरु जाँदा झण्डै एक करोड राज्यलाई भार परेको सभासदहरुको भनाइ थियो । खतिवडाले समितिमा बताएअनुसार सुरुमा एसियाडका लागि ५ करोड ८० लाख माग भएकोमा ६ करोड ५४ लाख निकासा भएको छ । ‘यो रकमले दुई बटा स्कुलमा स्टेडियम बन्छ’ उनले भने ।

छलफलपछि लेखा समितिले गैर खेलाडीहरु गएको भए तत्काल फिर्ता बोलाउन र जान लागेको भए रोक्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment