Comments Add Comment

गैंडाको छालाजस्तो भइयो : सञ्चारमन्त्री रिजाल

३ असोज, काठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले आफू मिडियाबाट प्रताडीत भएको गुनासो गरेका छन् ।

एन्टेना फाउन्डेशन, सर्च फर कमनग्राउण्ड र अमेरिकी सहयोग नियोगद्वारा शुक्रबार पाँचतारे होटल अन्नपूर्णमा आयोजित ‘गाउँ गाउँमा सिंहदरबार’ नामक गीती नाटक शुभारम्भ गर्दै रिजालले मिडियाले आफूलाई सिध्याउन खोजेको भन्दै चित्त दुखाए ।

minendraमन्त्रीबाट फालिन लागेको चर्चा चलिरहेका बेला सार्वजनिक कार्यक्रममा उपस्थित भएका रिजाल उनको हँसिलो स्वभावभन्दा निकै मलीन र हतास देखिन्थे । रिजालले आफ्नो भाषणको पूरै अवधि मिडियाप्रति गुनासो गर्दै सिध्याए । उनले भने- ‘एक सय प्रति छापिने ‘ख’ वर्गका साप्ताहिकदेखि मूलधारका ब्रोडसिट अखबारले समेत भ्रष्टाचारी र अनैतिक भनेपछि गैंडाको छालाजस्तै भइसकियो ।’

सरकारका प्रवक्तासमेत रहेका रिजालले जसले जे लेखे पनि अब वास्ता गर्न छाडेको भन्दै मिडियाले तथ्यमा आधारित समाचार नलेखेको दाबी गरे ।
रिजालले भने-‘अमेरिकामा राम्रो काम गरिरहेका थिएँ, यही देशमा केही गर्ने सोचका साथ आएँ । तर, मेरा बारेमा यति रब्बिस -बकवास) समाचार छापिएका छन्, त्यो पढ्दा पढ्दै अब पचाउन थालेँ ।

पछिल्लो समय पत्र पत्रिकाहरुमा रिजालले मन्त्रालयका नियुक्तिहरुमा आर्थिक लेनदेन गरेको, प्रधानमन्त्री उनीसँग असन्तुष्ट भएको लगायत चरित्रमाथि नै प्रश्न उठाएर समेत समाचार आएपछि रिजाल आक्रोशित भएका हुन् ।

मन्त्री रिजालले मिडियाले सबैलाई भ्रष्ट, अनैतिक र घुसखोरी भनेर लेखेपछि राम्रो काम गर्ने उद्देश्य भएकाहरुको पनि मनोबल खस्किने धारणा व्यक्त गरे । मन्त्री रिजालले भने- ‘यदि मन्त्रीका बारेमा राम्रो सोच्नुभयो र लेख्नुभयो भने भोलि उसले नराम्रो गर्नुअघि धेरैपटक सोच्छ । तर, शुरुदेखि नै घुस्याहा भनेर लेख्न थालेपछि उसले मिडियाको कुरालाई वास्तै गर्दैन ।

अमेरिकी राजदूत छक्क

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोड्डेले नेपालमा मिडियाको विकास भएको देखेर आफू चकित भएको बताए । नेपालका ९५ प्रतिशत जनता रेडियो सुन्छन् भन्ने रिपोर्ट हेर्दा आफूलाई अचम्म लागेको भन्दै उनले नेपालमा पछिल्लोपटक भएको संविधानसभा निर्वाचनले यो मुलुक अघि बढ्छ भन्ने सन्देश दिएको बताए ।

कार्यक्रममा पूर्वसचिव कृष्णहरि बास्कोटाले नेपालमा सरकारले सामाजिक सुरक्षा र जनहितका धेरै योजना लागु गरे पनि जनचेतनाका अभावमा लक्षित समुदायले सो सुबिधा लिन नसकेको बताए । बास्कोटाले भने- यसका लागि मिडियाले जनतालाई सचेत गराउनुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment