Comments Add Comment

ओम फाइनान्सले २०.५३ प्रतिशत लाभांस दिने

३ असोज काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको ओम फाइनान्सले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई २०.५३ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिले १९.५ प्रतिशत बोनस सेयर र १.०३ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको महाप्रवन्धक वृद्धि मल्लले जानकारी दिए ।

सञ्चालक समतिको उक्त निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंक र संस्थाकै आगामी साधारणसभाले स्वीकृति दिएपछि मात्रै लागू हुन्छ ।

बोनस सेयरको प्रस्ताव पारित भए कम्क्पनीको चुक्ता पुँजी ३८ करारेड ९२ लाख २३ हजार रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment