Comments Add Comment

प्रभु रेमिटबाट बुधबार पैसा पठाउने दुईजना पुरस्कृत

३ असोज काठमाडौं । बुधबार प्रभू मनि ट्रान्सफरबाट पैसा पठाउने धनुषका दुई जनाले पुरस्कार जितेका छन् । कम्पनीले शुक्रबार उनीहरूको नाम सार्वजानिक गरेको ।

प्रभूले दशैंतिहार तथा छठ पर्वका अवसरमा सञ्चालन गरेको उपहार योजनामा सहभागिहरु रेजूल रेन र लालो देवीले पुरस्कार जितेका हुन् ।

रेनले १ लाख १० हजार रुपैयाँको दुर्घटना बीमा प्राप्त गरेका छन् भने देवीले लेमन मोवाइलको बी २०१ मोवाइल जितेको प्रभूले जनाएको छ ।

छठसम्म सञ्चालन हुने यस योजनामा सहभागि एक भाग्यसाली बिजेताले बम्पर उपहार ४२ इन्चको एलइडी टिभी र डिस होम प्याकेज उपलब्ध गराइने छ । पहिल्यै डिस होम राखिसकेका परिवारलाई भने एक वर्षको रिचार्ज  फ्रि गरिदिने प्रभुले जनाएको छ ।

साप्ताहिक बिजेताले भने स्मार्ट फोन प्राप्त गर्नेछन् । त्यसैगरी प्रभुमार्फत नेपाल पैसा पठाउने एक जनालाई पनि हरेक हप्ता एकतर्फी हवाई टिकट प्रदान गर्ने प्रमू समूहकी उपाध्यक्ष कुशुम लामालो जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment