Comments Add Comment

यौन खेलौनालाई महिलाको लास भनेर पुलिस झुक्किएपछि….

sexdollकसैले हत्या गरेर लास फ्याँकेको भन्दै अनुसन्धानमा जुटिसकेको प्रहरी टोली अन्ततः लाजमर्दो अवस्थामा पुग्नुपर्यो । हत्याको घटनाको छानविन गर्न भन्दै कस्सिएको पुलिस त्यतिबेला फिस्स भयो जब लास भनिएको त्यो चिज कुनै मान्छेको लास नभएर यौन खेलौना थियो ।

यो दक्षिण कोरियाको घटना हो । राजधानी सिओल नजिकैको जियोंगी प्रान्तमा स्थानीय प्रत्यक्षदर्शीले सार्वजनिक स्थानमा कोही मानिसको शव रहेको भनेर पुलिसलाई खबर गरे । कसैले मारेर शव फ्यालेको हुनसक्ने आशंकामा उक्त घटनाको अनुसन्धान गर्न झण्डै ५० जना प्रहरी अधिकारीहरु घटनास्थलमा आए ।

टाढाबाट हेर्दा पानीको कुलो नजिकै एक जना महिलाको शव लडिरहेको जस्तो देखिन्थ्यो । कसले मारेर महिलालाई फ्याँक्यो होला भन्ने कुराले सबैमा डर बढिरहेको थियो । तर त्यो डर तब लाजमा परिणत भयो जब प्रहरीहरु उक्त वस्तु नजिकै गएर त्यसलाई ओल्ट्याइपल्ट्याइ गर्दा पो त्यो लास नभएर फुलाउन सकिने यौन खेलौना रहेको तथ्य खुलासा भयो ।

उक्त सेक्स डलको जिउ समेत मानिसकै छालाको रंगको रहेको र छुँदापनि सुरुमा मानिसकै छाला छोएजस्तै हुनाले सुरुमा त मानिसै पो हो की भन्ने पनि लाग्यो ।

समाचार अनुसार यस्ता उच्चस्तरीय यौन खेलौनाहरु जापानबाट आयात गरी दक्षिण कोरियाका एडल्ट स्टोर तथा वेश्यालयहरुमा समेत बेचिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment