Comments Add Comment

नेपाल कप फुटबल यसै महिना फिक्कलमा हुने

३ असोज, काठमाडौं । स्पोर्ट्स फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद संघ नेपालको संयुक्त आयोजनामा दोश्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता असोज २३ गतेदेखि हुने भएको छ ।

प्रतियोगिता इलामको फिक्कलमा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै आयोजक संस्थाका अध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीले जानकारी गराए । नेपालका ७ र भारतका ३ गरी जम्मा १० टिमको सहभागिता रहने जानकारी दिइयो ।

नेपालबाट पूर्वाञ्चल क्षेत्रीय प्रहरी टिम, धरान फुटबल क्लब, नव जनजागरण युवा क्लब, सिमरा, युवा जागरण क्लब, चन्द्रनिगाहपुर, जनकपुर ११ तथा इलाम रातो र नीलोले भाग लिनेछन् । भारतबाट दार्जलिङ, कालिम्पोङ र सिलगुडीका टिम सहभागी हुनेछन् ।

नकआउट पद्धतिमा सञ्चालन हुने प्रतियोगितामा जम्मा ९ खेल हुनेछन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् । यसपटक विजेता र उपविजेताले पाउन लागेको नगद पुरस्कार पहिलो संस्करणको भन्दा दुई गुणा बढी हो ।

सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा ‘म्यान अफ द म्याच’ र सर्वाधिक गोलकर्ताले समान ३ हजार नगद पुरस्कार हात पार्नेछन् ।

गत चैतमा जनकपुरमा भएको पहिलो संस्करणको फाइनलमा काठमाडौंको टोखास्थित अमर ब्रदर्स क्लबले फाइनलमा चन्द्रनिगाहपुर फुटबल क्लबलाई हराउदै उपाधि जितेको थियो । असोज ३१ गतेसम्म चल्ने प्रतियोगिताको अनुमानित बजेट १२ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment