Comments Add Comment

प्रधानमन्त्री कोइराला न्यूयोर्क प्रस्थान

Susil-koirala-america-visit-1

३ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्र संघको ६९ औं महासभामा भाग लिन शुक्रबार न्यूयोर्क प्रस्थान गरेका छन् ।

कोइरालासहितको टोली अबुधाबीमा बस्नेछन् । शनिबार मध्यपूर्व पश्चिम एसिया र उत्तर अफ्रिकाका नियोगमा कार्यरत नेपाली कूटनीतिज्ञसँग नेपाली कामदारको समस्या समाधानका विषयमा जानकारी लिने कार्यक्रम छ ।

प्रधानमन्त्री कोइरालाले असोज ७ गते जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घका महासचिव मुनले आयोजना गर्ने विशेष समारोहलाई सम्बोधन गर्नेछन् र न्युयोर्कमा रहँदा महासभामा भाग लिने सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा महासचिव मुन र अमेरिकी राष्ट्रपति बाराक ओवामाले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री कोइराला सहभागी हुनेछन् ।

कोइरालाले राष्ट्र संघका महासचिव वान कि- मुनसँग असोज ११ गते विशेष भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन न्यूयोर्कमा नेपाली समुदायले आयोजना गरेको अन्तक्रिर्यामासहभागी हुनेछन् ।

प्रधानमन्त्री कोइराला महासभासम्बन्धी कार्यक्रम सकेर स्वदेश र्फकने क्रममा न्युयोर्कबाट बेल्जियमको ब्रसेल्स जाने कार्यक्रम छ । त्यहाँ रहँदा प्रधानमन्त्रीले युरोपेली मुलुकमा कार्यरत नेपाली नियोग प्रमुखको संयुक्त बैठकमा सहभागी भई आवश्यक निर्देशन दिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment