Comments Add Comment

नौंबुँदे सहमतिपछि क्रान्तिकारीको विद्यालय बन्द फिर्ता

३ असोज, काठमाडौं । नौंबुँदे सहमतिपछि बैद्य माओवादीसम्वद्ध अखिल क्रान्तिकारीले विद्यालय बन्द फिर्ता लिएको छ । तर, उच्चमाविको आन्दोलन भने जारी रहेको उसले बताएको छ ।

शिक्षा मन्त्रालयमा भएको वार्तामा शुल्क अनुगमन समिति र क्रान्तिकारीबीच भएको सहमतिको स्वामित्व लिने, बैज्ञानिक आधारमा शुल्क निर्धारण गर्नेसहितको सहमति भएको क्रान्तिकारीका सचिव खगेश्वर केसीले जानकारी दिए ।

वार्तामा शिक्षा विभागका साथै एनप्याप्सन, प्याप्सन, अविभावक संघका प्रतिनिधिहरु सहभागी थिए । वार्तामा शूल्क पादर्शी गर्ने, अधिक शुल्क फिर्ता वा समन्वय गर्नेसहितको सहमति पनि भएको छ ।

क्रान्तिकारीले शुक्रबार देशभरका निजी विद्यालय र उच्चमावि बन्द आहृवान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment